default_image

9 years ago

January 27, 2017

आरा ! रारामा तीन बर्षपछि मनाङ र सहारा फेरी फाइनलमा भिड्दै

168 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा अरु भन्दा फरक इतिहास बनाइसकेको टोली हो । २०५८ मा पहिलो पटक क्याराभान गोल्ड कप र त्यसपछि आहा रारा गोल्डकपको नाममा आयोजित फुटबल प्रतियोगितामा सर्वाधिक फाइनल खेल्ने टोली मनाङ हो ।

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको एक दिन अघि शुक्रबार उपाधिका साथ दायाँबाट क्रमशः सहाराका कप्तान उत्तम गुरुङ, प्रशिक्षक किरण श्रेष्ठ, मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ र कप्तान अनिल गुरुङ । तस्बिर– सुदर्शन रञ्जित

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको एक दिन अघि शुक्रबार उपाधिका साथ दायाँबाट क्रमशः सहाराका कप्तान उत्तम गुरुङ, प्रशिक्षक किरण श्रेष्ठ, मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ र कप्तान अनिल गुरुङ । तस्बिर– सुदर्शन रञ्जित

आहा रारामा शनिबार मनाङ दसौं पटक फाइनल खेल्दैछ । त्यसपछि सर्वाधिक फाइनल खेल्नेमा नेपाल पुलिस क्लबको नाम आउछ । विभागिय टोलीले ८ पटक फाइनल खेलेको छ । क्याराभान समेत जोड्दा पुलिसले ५ पटक उपाधि जितेको छ भने मनाङ र रुस्लान थ्री स्टारले समान ४ पटक आहा राराको उपाधि जितेका छन् । यी तीन टोलीबाहेक आहा रारा गोल्डकप जित्नेमा आयोजक सहारा र अफ्रिकन युनाइटेड मात्र छन् ।

आहामा अहिले सम्म १० टोलीले मात्र फाइनल खेलेका छन् । मनाङ, पुलिसपछि थ्री स्टारको नम्बर आउँछ । ४ पटक फाइनल खेलको थ्री स्टार चारै पटक च्याम्पियन बनेर फर्केको छ । त्यस्तै अर्को विभागिय टोली आर्मी र शनिबारको खेलपछि सहाराको समान ३ वटा फाइनल खेलेको अनुवभ हुनेछ । त्यसबाहेक एपिएफ, अफ्रिकन युनाइटेड, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबले एक एक पटक फाइनल खेलेका छन् ।

१५ औं आहा रारा गोल्डकपका आइपुग्दा तीन बर्षअघिको कथा दोहोरिएको छ । फेरी एक पटक मनाङ र आयोजक सहारा फाइनलमा भिड्ने तयारीमा छन् । २०७० मा मनाङलाई १–० ले स्तब्ध पार्दै सहारा पहिलो पटक च्याम्पियन बनेको थियो । त्यसयता सहारा पहिलो पटक फाइनल खेल्दैछ । २०६८ मा पहिलो पटक फाइनल खेल्दा सहारालाई थ्री स्टारले १–० ले हराएको थियो । साविक विजेता समेत रहेको मनाङ उपाधि रक्षा गर्ने अभियानमा हुँदा सहारा मनाङविरुद्धको इतिहासलाई निरन्तरता दिने पक्षमा हुनेछ । मनाङले फाइनल जितेमा अर्को इतिहास रच्ने छ । त्यो अवस्थामा टोलीले पाँचौं पटक उपाधि जित्ने छ । आहा रारा गोल्डकप जित्ने मनाङ पहिलो टोली हुनेछ । पुलिसले क्याराभान र ४ पटक आहा रारा जितेको थियो ।

सहाराले पहिलो खेलबाहेक संघर्षपूर्ण जितका साथ फाइनलको यात्रा तय गरेको थियो । मनाङको पनि सेमिफाइनल कठिन रह्यो । त्यसैले दुवै फाइनलका लागि पनि पक्कै सचेत भएर उत्रनेछन् । फाइनलको एक दिन अघि पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले राष्ट्रिय टोलीका स्टार खेलाडी रहेकाले पनि त्यसलाई जितको आधारमा मानेका छन् । उनले भने ‘विपक्षी टिम राम्रै छ । हाम्रो अहिले टिम सेट नै बलियो छ । राष्ट्रिय खेलाडी पनि धेरै छ । त्यसैले उपाधि जित्नेमा आशावादी छौं ।’ मनाङका कप्तान अनिल अनील गुरुङले फाइनलका लागि दबाब नरहेको बताए । उनले भने, ‘प्रेसर खासै छैन । फाइनललाई जित्ने गरि खेल्नुपर्छ । त्यो दिन जसले राम्रो खेल्छ उसले जित्छ ।’

सहाराका प्रशिक्षक किरण श्रेष्ठले मनाङ बलियो टोली भएकाले त्यस्तो टोलीविरुद्ध रणनीति पनि त्यहि अनुरुपको बनाउनुपर्ने बताए । उनले भने,‘घरेलु मैदानको फाइदा उठाउन हामीलाई छ । तर मनाङसँग अनुभवी राष्ट्रिय खेलाडी छन् । आशा गरौं फाइनल राम्रो हुनेछ ।’ सहाराका कप्तान उत्तम गुरुङले उपाधि जित्नेमा टोली विश्वस्त रहेको बताए ।

पहिलो चरणमा सुदुरपश्चिमलाई ४–१ ले सहजै हराएको सहाराले क्वार्टरफाइनलमा सिक्किम युनाइटेड र सेमिफाइनलमा आर्मीलाई हराउन टाइब्रेकर सम्म कुर्नु परेको थियो । उता क्वार्टरफाइनलमा धरान फुटबल क्लबमाथि ४–१ जित निकालेको मनाङले सेमिफाइनलमा संकटालाई १–० झिनो अन्तरले हराएको थियो ।

यसपटकको फाइनल यात्रा
सहारा                                                                                              मनाङ
विरुद्ध सुदूरपश्चिमाञ्चल          ४–०              पहिलो चरण                    बाई
विरुद्ध सिक्कि युनाइटेड            ०–० (४–२)   क्वार्टरफाइनल                 विरुद्ध धरान ४–१
विरुद्ध आर्मी                             ० –० (४–३)   सेमिफाइनल                    विरुद्ध संकटा १–०

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताका विजेता
बर्ष                                    विजेता                 स्कोर                 उपविजेता
२०७३                                   ?                              ?                         ?
२०७२                                  मनाङ                    १–०                     आर्मी
२०७१                                  थ्री स्टार                 १–०                     मनाङ
२०७०                                  सहारा                    १–०                      मनाङ
२०६९                                  थ्री स्टार                 १–०                     सहारा
२०६८                                  मनाङ                    २–०                      जावलाखेल
२०६७                                  थ्री स्टार                १–०                       मनाङ
२०६६                                  पुलिस                   १ –०                     आर्मी
२०६५                                  पुलिस                   ५–०                       आर्मी
२०६४                                  पुलिस                   २–०                        एपिएफ
२०६३                                  थ्री स्टार                १ –१ (४–३)            मनाङ
२०६२                                  अफ्रिकन युनाइटेड २–०                        पुलिस
२०६१                                  मनाङ                    ३–२                        पुलिस
२०६०                                  मनाङ                    ३–१                        पुलिस
२०५९                                  पुलिस                    १–०                        फ्रेन्ड्स
२०५८                                  पुलिस                    २–१                        मनाङ (क्याराभान गोल्ड कप )

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.