default_image

9 years ago

January 27, 2017

मैत्रीपूर्ण फुटबलमा सहारा यूकेको जित

181 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– सहारा यूकेको टोलीलाई नेपाल खेलकुद पत्रकार समन्वय शाखा कास्कीले स्वागत गरेको छ । सहारा क्लब पोखराले आयोजना गरेको १५ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताका लागि आएको टोलीलाई मञ्चले शुक्रबार स्वागत गरेको हो ।

sahara-uk
सहारा यूकेका अध्यक्ष मिनबहादुर गुरुङ लगायतलाई मञ्चका अध्यक्ष केशव पाठकले खादा र मायाको चिनो प्रदान गरे । सो अवसरमा सहारा यूकेका तर्फबाट पनि मञ्चलाई मायाको चिनो प्रदान गरियो भने क्षेत्रीय फुटबल संघमा हालै अध्यक्षमा चयन भएका खेम गुरुङ सहारा युकेले बधाई ज्ञापन गरिएको थियो । उक्त अवसरमा तमु धिं यूकेका अध्यक्ष ग्याम गुरुङ सहितलाई स्वागत पनि गरिएको थियो ।

सहारा यूकेका अध्यक्ष गुरुङले खलकुद पत्रकार मञ्च कास्कीले अग्रजलाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन स्वरुप पोखरा स्पोर्टस् अवार्ड सुरु गरेकोमा खुसी व्यक्त गरे । उनले आफू सहित समग्र सहारा यूके टीमले यो उत्कृष्ट कार्यमा सहयोग गर्ने बचनबद्धता प्रकट गर्दै यूके पुगेर संस्थागत निर्णय गरेरै सहयोग पठाउने जानकारी दिए ।

सहारा क्लबका सल्लाहकार महेश गुरुङले खेलकुद निकट पत्रकारको हरेक कदममा साथ रहने प्रतिबद्धता जाहेर गरे । मञ्चका सचिव रञ्जन अधिकारीले खेलकुदमा समर्पित संघसंस्थासँग मञ्चले सम्बन्ध स्थापित गर्ने प्रयास स्वरुप यो कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै सहयोग र सद्भावको सधैं अपेक्षा रहने बताए ।

सहारा यूके भेट्रान र पोखरा भेट्रानबीच मैत्रीपूर्ण फुटबल

यसैबीच, १५ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन भईरहेको सन्दर्भमा शुक्रबार बिहान मैत्रीपूर्ण फुटबलमा सहारा यूके भेट्रानले पोखरा भेट्रान टोलीलाई ३–० ले हरायो । सहारा यूकेका लागि महेश गुरुङ, मिनबहादुर गुरुङ र मनकाजी गुरुङले गोल गरे ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.