2 years ago
February 10, 2024
एजेन्सी – कतारमा जारी एएफसी एसियन कपको फाइनल आज हुँदैछ । उपाधिका लागि घरेलु टोली तथा साविक विजेता कतार र जोर्डन भिड्दैछन् । खेल बेलुका ८:४५ बजे लुसेल रंगशालामा सुरु हुनेछ ।
कतार लगातार दोस्रो पटक एसियन कपको फाइनल खेल्दै छ । सन् २०१९ मा युएईमा भएको पछिल्लो संस्करण कतारले जित्न सफल भएको थियो । यसपटक पनि फाइनल पुगेको कतार घरेलु भूमिमा उपाधि रक्षा गर्ने दाउमा रहनेछ । उता जोर्डन भने पहिलो पटक एसियन कपको फाइनल खेल्दैछ ।
फिफा वरियतामा ८७औं स्थानमा रहेको जोर्डनले यस संस्करण अघि कुनै पनि नकआउट खेल जितेको थिएन । तर यसपटक समुहमा तेस्रो स्थानमा रही अन्तिम १६का लागि छनोट भएको जोर्डन लगातार ३ नकआउट खेल जित्दै फाइनलमा पुगेको हो ।
कतारको फाइनल यात्रा:
समूह चरण:
लेबनान विरुद्ध ३-० जित
ताजिकिस्तान विरुद्ध १-० जित
चीन विरुद्ध १-० जित
प्रि-क्वाटरफाइनल: प्यालेस्टाइन विरुद्ध २-१ जित
क्वाटरफाइनल: उज्बेकिस्तान विरुद्ध १-१ जित (टाईब्रेकरमा ३-२ ले विजयी)
सेमीफाइनल: इरान विरुद्ध ३-२ जित
जोर्डनको फाइनल यात्रा
समूह चरण:
मलेसिया विरुद्ध ४-० जित
दक्षिण कोरिया विरुद्ध २-२ बराबरी
बहराइन विरुद्ध ०-१ हार
प्रि-क्वाटरफाइनल: इराक विरुद्ध ३-२ जित
क्वाटरफाइनल: ताजिकिस्तान विरुद्ध १-० जित
सेमीफाइनल: दक्षिण कोरिया विरुद्ध २-० जित
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]