2 years ago
February 10, 2024
एजेन्सी – कतारमा जारी एएफसी एसियन कपको फाइनल आज हुँदैछ । उपाधिका लागि घरेलु टोली तथा साविक विजेता कतार र जोर्डन भिड्दैछन् । खेल बेलुका ८:४५ बजे लुसेल रंगशालामा सुरु हुनेछ ।
कतार लगातार दोस्रो पटक एसियन कपको फाइनल खेल्दै छ । सन् २०१९ मा युएईमा भएको पछिल्लो संस्करण कतारले जित्न सफल भएको थियो । यसपटक पनि फाइनल पुगेको कतार घरेलु भूमिमा उपाधि रक्षा गर्ने दाउमा रहनेछ । उता जोर्डन भने पहिलो पटक एसियन कपको फाइनल खेल्दैछ ।
फिफा वरियतामा ८७औं स्थानमा रहेको जोर्डनले यस संस्करण अघि कुनै पनि नकआउट खेल जितेको थिएन । तर यसपटक समुहमा तेस्रो स्थानमा रही अन्तिम १६का लागि छनोट भएको जोर्डन लगातार ३ नकआउट खेल जित्दै फाइनलमा पुगेको हो ।
कतारको फाइनल यात्रा:
समूह चरण:
लेबनान विरुद्ध ३-० जित
ताजिकिस्तान विरुद्ध १-० जित
चीन विरुद्ध १-० जित
प्रि-क्वाटरफाइनल: प्यालेस्टाइन विरुद्ध २-१ जित
क्वाटरफाइनल: उज्बेकिस्तान विरुद्ध १-१ जित (टाईब्रेकरमा ३-२ ले विजयी)
सेमीफाइनल: इरान विरुद्ध ३-२ जित
जोर्डनको फाइनल यात्रा
समूह चरण:
मलेसिया विरुद्ध ४-० जित
दक्षिण कोरिया विरुद्ध २-२ बराबरी
बहराइन विरुद्ध ०-१ हार
प्रि-क्वाटरफाइनल: इराक विरुद्ध ३-२ जित
क्वाटरफाइनल: ताजिकिस्तान विरुद्ध १-० जित
सेमीफाइनल: दक्षिण कोरिया विरुद्ध २-० जित
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]