default_image

9 years ago

January 27, 2017

उद्घाटन खेलमा पोखरा १७ को जित

124 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरा रंगशालामा शुक्रबार सुरु भएको पोखरा नगरपालिका वडा स्तरीय फुटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं १७ ले वडा नं ५ लाई २–१ ले हराएको छ । १७ को जितमा पूुर्व राष्ट्रिय खेलाडी राजेन्द्र तामाङ र प्रताप सैजुले गोल गरे । वडा नं ५ का लागि अविरल गिरीले एक गोल गरे ।

football
वडा नं ११ ले वडा नं २५ लाई ४–१ ले हरायो । खेलपछि वडा नं २५ ले वडा नं ११ विरुद्ध उजुरी हालेको छ । वडा नं १६ ले वडा नं १ लाई २–१ ले हरायो । वडा नं ६ ले वडा नं २ लाई टाईब्रेकरमा ४–२ ले हराएको थियो । ७० मिनेटको खेलमा गोल नभएपछि खेल टाइब्रेकरमामा गएको थियो । दीनेश मल्लको ६ गोलसँगै वडा नं १५ ले वडा नं ४ लाई ९–० ले हरायो । शनिबार अञ्चल प्रहरी कार्यालयको मैदानमा ५ वटा खेल हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।
पोखरा उप–महानगरपालीकाको आयोजना, जिल्ला खेलकुद विकास समिति कास्कीको संयोजन, एन्फा कास्कीको व्यबस्थापनमा करीब दुई दशक पछि पोखरामा उक्त प्रतियोगिता पहिलो पटक सुरु भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङले बताए । प्रतियोगितामा २९ वडा मध्ये २३ वडाको सहभागिता रहेको छ ।

woda-football
पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बरालले प्रतियोगिताको उद्घाटन गरे । पोखरा उप–महानगरपालीकाका कार्यकारी अधिकृत नवराज ढुंगनाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, प्रतियोगिताका संयोजक पोखरा उपमहानगरपालीकाका बरिष्ठ कानुनि अधिकृत नारायण शर्मा, एन्फा कास्कीका उपाध्यक्ष मिलन गुरुङ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.