default_image

2 years ago

February 12, 2024

वाफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा  

827 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता साउदी अरेबियामा सुरु हुने वाफ महिला च्याम्पियनसिपका लागि नेपाली २३-सदस्यीय टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षण पश्चात अन्तिम टोलीको टुंगो लगाएका हुन् ।

उमेर समुहमा खेलिसकेका फरवार्ड चन्द्रा भण्डारी र मिडफिल्डर सरस्वती हमाल पहिको पटक राष्ट्रिय महिला टोलीमा पर्न सफल भएका छन् । यसैगरी टोलीमा फ्रान्सको शीर्ष डिभिजन खेलिरहेको फरवार्ड सावित्रा भण्डारीसहित भारतीय महिला लिग खेलिरहेका ६ खेलाडी समेत टोलीमा समेटिएका छन् ।

एन्जिला तुम्बापो सुब्बा र गीता राना सेथु एफसी, रश्मि घिसिङ्ग र अमृता जैशी स्पोर्ट्स ओडिशा तथा प्रिती राई र दिपा शाही किकस्टार्ट एफसीमा अनुबन्धित छन् । 

फागुन ७ गतेबाट सुरु हुने च्याम्पियनसिपमा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी , ग्वाम, लेबनान र जोर्डन छन् ।

फागुन ८ गते सिरियासँग खेल्दै नेपाली महिला टोलीले वाफ च्याम्पियनसिपको सुरुवात गर्नेछ । फागुन १० गते इराकसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले समूह चरणको अन्तिम खेल फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

नेपाली टोली :

गोलकिपर: एन्जिला तुम्बापो सुब्बा (कप्तान), उषा नाथ, अञ्जना राना मगर

डिफेन्डर: गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना, सबिना चौधरी

मिडफिल्डर: अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी, सरस्वती हमाल

फरवार्ड: चन्द्रा भण्डारी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग, सबिता राना मगर

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.