2 years ago
February 12, 2024
भक्तपुर (हाम्रो खेलकुद) – मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा साविक विजेता वडा नं. ९ ले विजयी सुरुवात गरेको छ ।
मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एसोसियसनको आयोजनामा सोमबार लिगमा वडा नं. ९ ले वडा नं. ४ लाई १–० ले पराजित गरयो ।
विज्ञान राजबहाकले खेल सकिन दुई मिनेट बाँकी रहँदा गरेको गोल नै खेलको निर्णय बनेको थियो । विपक्षी खेलाडीको गल्तीको फाइदा उठाउँदै सगुन राजबहाकले दिएको पासमा विज्ञानले गोल गरेका थिए । विज्ञान खेलको म्यान अफ दि म्याच घोषित भए ।
त्यसअघि खेलको भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले प्रतियोगिताको उद्घाटन गरे । उनले मध्यपुर थिमि वडा लिगबाट उत्कृष्ट खेलाडी उत्पादन हुने र राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा ख्याती प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सानोथिमिस्थित मैदानलाई नगरपालिकाको रंगशालाकोरुपमा विकास गर्ने र अर्को वर्षसम्म दर्शकको सुविधाको लागि प्याराफिट निर्माण गर्ने योजना रहेको बताए ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुर थिमि विगतमा पनि विभिन्न खेलको राष्ट्रिय खेलाडी उत्पादन गरेको नगर भएको चर्चा गर्दै खेल क्षेत्रको विकासका लागि नगरपालिकाले ठूलो लगानी गरिरहेको बताए ।
मध्यपुर युथ एसोसियसनका अध्यक्ष एवम् राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा गोलकिपर उपेन्द्रमान सिंहले वडा लिग मध्यपुर थिमिका स्थानीय खेलाडीलाई राष्ट्रियस्तरमा पुग्ने अवसरको रुपमा रहेको बताए ।

एसोसियसनका उपाध्यक्ष अष्ट कवेको सभापतित्वमा भएको उद्घाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठ, नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, मध्यपुर थिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठलगायतले खेल मैदानलाई थप व्यस्थित गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकाका सबै ९ वडाको सहभागिता रहेको छ । सबैले एकअर्काको प्रतिस्पर्धा गर्ने लिगमा कुल ३६ खेल हुनेछन् । प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]