2 years ago
February 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुरको नेपाल एपिएफ स्कुल, जोरपाटीको मनकामना सेकेण्डरी स्कुल, नेपालय इंग्लिस पब्लिक स्कुल र जेम्स स्कुल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।
एपिएफ स्कुल (क) ले प्रि क्वार्टरफाइनलमा डिएभी स्कुल जावलाखेललाई ५–० गोलले हराएको छ । एपिएफका लागि विवेक पश्चिमा थारु र एविन वस्यालले समान २ र तेन्जिङ्ग शेर्पाले १ गोल गरेका थिए । एपिएफका विवेक खेलको म्यान अफ दी म्याच चुनिए ।
मनकामनाले चोभारको मोर्डन इन्डियन स्कुललाई ६–२ ले हराएको थियो । मनकामनाका प्रज्वल तामाङले ४, पेम्बा तामाङ र अनिष डंगोलले समानले १ गोल गरेका थिए । मनकामना प्रज्वल म्यान अफ म्याच घोषित भए ।
जोरपाटीको नेपालयले ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरलाई २–१ ले पराजित गरेको थियो । नेपालयका रणविर तामाङ र सुरज स्याङतानले समान १ गोल गरेका थिए । नेपालयका सुरज खेलको म्यान अफ दी म्याच चुनिए ।

अन्तिम खेलमा धापाखेलको जेम्स स्कुलले नक्साल राई स्कुल ६–२ ले हराएको थियो । जेम्सका अनमोल विकले ह्याट्रिक गरे भने आशिष पाण्डे २ र विशेष कुँवरले १ गोल गरेका थिए । जम्सका अनमोल म्यान अफ दी म्याच घोषित भए ।
मंगलबार प्रिक्वार्टरफाइनलमा एपिएफ (ख) र ब्राईट होराईजन चिल्ड्रेन्स होम, लेबोरेटरी मावि र नेपालय, नेपाल पुलिस स्कुल र लिटिल एन्जल्स स्कुल तथा सैनिक आवासीय मावि र काव्या स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]