default_image

9 years ago

January 28, 2017

आहा रारा गोल्डकप: फाईनलको पहिलो हाफ गोलरहित

91 views

0 Bookmark

हाम्रोखेलकुद (पोखरा)- पोखरास्थित रंगशालामा जारी १५औ आहा रारा गोल्ड कपको फाइनल खेलको पहिलो हाल्फ़ गोल रहित बराबरीमा सकिएको छ, दुवै टोलीले प्राप्त अवसरहरु सदुपयोग गर्न नसक्दा पहिलो हाल्फमा कुनैपनि गोल हुन सकेन।

mmc

खेलको पहिलो मिनेटबाटै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदि क्लब हाबी हुने अनुमान गरिएपनि घरेलु टोलि सहाराले कडा प्रतिस्पर्धा  दिरहेको छ। सहाराले फाइनलका लागि भनेर हिमालयन शेर्पाका दुई खेलाडी मान बहादुर तामांग र हेमन गुरुङलाई  हिजैमात्र  समेटेको हो।

सहाराले पहिलो खेलबाहेक संघर्षपूर्ण जितका साथ फाइनलको यात्रा तय गरेको थियो । मनाङको पनि सेमिफाइनल कठिन रह्यो । त्यसैले दुवै फाइनलका लागि पनि पक्कै सचेत भएर खेलिरहेकाछन् । फाइनलको एक दिन अघि पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने विश्वास व्यक्त गरेका थिए ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.