1 year ago
February 18, 2024
एजेन्सी – रोबर्ट लेवान्डोस्कीले इन्ज्युरी समयको सातौं मिनेटमा गोल गरेपछि बार्सिलानाले स्पेनी ला लिगामा
सेल्टा भिगोलाई शनिबार २–१ ले हराएको छ ।
पेनाल्टीमा निर्णायक गोल गरेका लेवान्डोस्कीले पहिलो गोल ४५औं मिनेटमा गरेका थिए। लागो एस्पासले सेल्टा भिगोको लागि दोस्रो हाफको दोस्रो मिनेटमा बराबरी गोल फर्काएका थिए ।
यो जितपछि बार्सिलोनाको २५ खेलबाट ५४ अंक भएको छ र तेस्रो स्थानमा छ । एटलेटिको म्याड्रिड ५१ अंकमा चौथो स्थानमा छ । एटलेटिकोले लास पाल्मासलाई ५–० ले हराएको थियो ।
ओसासुनाले काडिजलाई २–० ले पराजित थियो।भ्यालेन्सिया र सेभियाबीचको खेल गोलरहित बराबरीमा टुंगियो । ६१ अंकसहित शीर्षस्थानको रियल म्याड्रिडले आज अल्मेरियासँग खेल्नेछ।
April 18, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैगलुरु (आरसिबी) ले पन्जाब किंग्सलाई ९६ रनको सामान्य लक्ष्य दिएको छ। वर्षाले प्रभावित खेल ढिला सुरु भयो। २० ओभरको खेललाई १४ ओभरमा घटाइएको थियो। पन्जाबले टस जितेर पहिले फिल्डिङ रोज्यो। आरसिबीले पहिले ब्याटिङ गर्दै १४ ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनायो। तर रोयल च्यालेन्जर्सले निराशाजनक […]
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । शुक्रबार बाँकेस्थित नेपालगंज रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४-० ले हरायो । आर्मीको जितमा अनिता लम्जेलले दुई तथा हेमा चौधरी र तुलसा बोहराले समान १-१ गोल गरे । आर्मीलाई […]
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी क्लब जित हात पार्न सफल भएको छ। च्यासल युथ क्लबलाई १-० ले हराउँदैबाँसबारी लिगको पाँचौं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलको ३१ औं मिनेटमा बाँसबारीले च्यासल विरुद्ध अग्रता बनायो। सरोज दर्लामीले गोल गरे। यो गोलमा बाँसबारीले पहिलो हाफमा १-० को अग्रता बनायो। च्यासल दोस्रो […]