default_image

9 years ago

September 23, 2015

खुल्ला बन्दै राष्ट्रिय लिग, एकै दिन चार खेल हुंदै

काठमाडौं, ६ असोज– राष्ट्रिय लिगले आधाभन्दा बढि खेलको कोशेढुङगा पुरा गरीसक्दा लिगको उपाधि होड थप रोमाञ्चक बन्दै गएको छ । १२ वैशाखको भुकम्पपछि स्थगित भएर पुन सुरु भएको राष्ट्रिय लिगमा झापाको प्रदर्शन खस्कीएसंगै उपाधि होड खुल्ला भएको हो । यद्धपि आफुलाई अब्बल मान्ने क्लबहरुको प्रदर्शन भने फेरीपनि सन्तोषजनक छैन् । यद्धपि आर्मी भने उपाधि दोबेदारीमा […]

42 views

0 Bookmark

काठमाडौं, ६ असोज–
राष्ट्रिय लिगले आधाभन्दा बढि खेलको कोशेढुङगा पुरा गरीसक्दा लिगको उपाधि होड थप रोमाञ्चक बन्दै गएको छ ।

jagajeet celebrates against manang

१२ वैशाखको भुकम्पपछि स्थगित भएर पुन सुरु भएको राष्ट्रिय लिगमा झापाको प्रदर्शन खस्कीएसंगै उपाधि होड खुल्ला भएको हो । यद्धपि आफुलाई अब्बल मान्ने क्लबहरुको प्रदर्शन भने फेरीपनि सन्तोषजनक छैन् । यद्धपि आर्मी भने उपाधि दोबेदारीमा अन्य भन्दा निकै आक्रामक रुपमा अघि बढिरहेको छ । जसमा थ्रीस्टार, एपिएफ र मनाङले उसलाई टक्कर दिंदा झापा भने लय समात्नका लागि संघर्षरत रहेको छ । यद्धपि केहिबढि खेलबाट उसले आफ्नो शिर्ष स्थान भने कायमै राखेको छ ।
झापाले ११ खेलबाट १८ अंक जोड्ेर तालिकाको शिर्ष स्थानमा रहँदा आर्मी र थ्रीस्टार समान ९ खेलबाट क्रमश दोस्रो र तेस्रो स्थानमा १७ र १६ अंकका साथ रहेका छन् । यि दुई भन्दा एक खेल कम खेलेको मनाङ भने ८ खेलबाट १३ अंक जोड्दै छैटौं नम्बरमा रहेको छ । यसर्थ बिहिबारको खेलमा आफ्नो खच्चकिएको अंक तालिका सुधारनका लागि मनाङ पहिलो खेलमा सुदुरपश्चिम विरुद्ध एन्फा क्म्पलेक्समा भिड्दा । जारी लिगमा निकै तनावमा रहेको पुलिसले लुम्बिनिको सामना गर्ने छ ।
लिग रोमाञ्चक अवस्थामा पुग्नका लागि भुकम्पपछि खच्चकिएको झापाको खेल अन्य टिमलाई आफ्नो अंक सुधार्नका लागि लाभदायक बन्दै आएको छ । यद्धपि आर्मी बाहेक अन्य टिमको प्रदर्शन त्यस्तो उत्कृष्ट देखिएको छैन् । आर्मी भने आफ्नो उत्कृष्ट लयलाइ निरन्तता दिन सफल हुंदै आएको छ ।
थ्रिस्टारले तुलनात्मक रुप्मा अन्य क्लबका भन्दा राम्रा विदेशी खेलाडिलाई अनुबन्धन गरेपनि प्रभाकारी तथा लोभलाग्दो प्रदर्शन गर्न भने सकिरहेको छैन् । यस्तोमा मनाङले केहि आशा देखाएपनि एक लेबलको प्रदर्शन नुह्रंदा उपाधि होडमा उसको प्रदर्शन सार्थक हुन सकिरहेको छैन् ।
अन्य टिमले आफुलाई परिष्कृत गर्दै लगिरहेको अवस्थामा नेपाल पुलिसलाई भने जारी लिग निकै संघर्षपुर्ण रहंदै आएको छ । विभागिय टिमले पर्यात्त मात्रामा अभ्यासको मौका पाएपनि खेलाडिहरु पुर्ण रुपमा फिट नहुंदा प्रशिक्षक विराटकृष्ण श्रेष्ठलाई टाउको दुखाईको बनिरहेको छ । लिगमा आफ्नो बलियो छवि खंचकदै गएपछि पुलिस अन्य टिम जस्तै सामान्य टिमको रुपमा रहंदा उपाधि होडमा जारी सिजन कमजोर बनेको छ । पटक–पटक इन्जुरी समस्याका कारण आफुले मुल्य चुकाउनु परेको बताउंदै आएका प्रशिक्षक विराटकृष्ण श्रेष्ठ इन्जुरीका बाबजुत केहि राष्ट्रिय अनुहारलाई पछिल्लो पटक मैदान उतार्न बाध्य भए । जसमा केहि सकरात्मक नतिजा निकालेपनि टिमका लागि पुर्ण रुपमा पर्याप्त भने हुन सकिरहेको छैन् ।
विभागिय डर्विमा आर्मी पछि बलियो देखिएको एपिएफ आफुलाइृ शिर्ष स्थानमा पुर्‍याउनका लागि संघर्षरत रहंदै आएको छ । यद्धपि उसले पनि आफ्नो एकनासको प्रदर्शन गर्न भने सकिरहको छैन् । यसर्थ जारी राष्ट्रिय लिगको आधा भन्दा बढि खेलको समाप्ती हुंदा सम्म पनि लिगमा कुनै टिमले स्पष्ट मार्ग कोर्न नसक्दा उपाधि दाबेदार मानिएका सबै टिमको संभावना उतिकै रहंदै आएको छ । यद्धपि तुलनात्मक रुपमा बलियो देखिएको आर्मी भने आफ्नो फिटनेस र लयका कारण अन्य भन्दा बलियो छ । आर्मीका प्रशिक्षक मेघराज केसीको भनाई मान्ने हो भने उसले उपाधिका लागि सबै टिमलाई उतिकै प्रतिद्धवन्दी सम्झिएर प्रदर्शन गर्दै छ । जसको परिणमा उसले नतिजा सुखद निस्कीएको मान्छ ।
समग्रमा राष्ट्रिय लिगको मध्यभागसम्म आइपुग्दा केहि खेलाडिहरुले ब्यक्तिगत रुपमा आफुलाई अब्बल बनाएपनि समग्रमा नयां खेलाडिहरुको प्रतिभा भने खासै देखिन सकेको छैन् । यद्धपि उपाधि होड खुल्ला रहेसम्म लिगको चाम भने उतिकै रहनेमा दुइमत छैन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.