2 years ago
February 19, 2024
अर्जुन कार्की, बागलुङ
तेस्रो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता बिहिबारदेखि सुरु हुने भएको छ ।
चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको आयोजना र चिल्ड्रेन लाईफ इंग्लिस बोर्डिङ स्कुलको सहआयोजनामा फागुन १० गतेदेखि १२ गतेसम्म प्रतियोगिता हुन लागेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ ।
चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबका अध्यक्ष नवराज श्रेष्ठले राष्ट्रिय खेलाडी उत्पादन गर्ने सुरुवाती उद्गमस्थल विद्यालय भएकाले विद्यालय केन्द्रित प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।
उनले २०७५ सालमा प्रथम र २०७६ सालमा दोस्रो चिल्ड्रेन लाईफ कप प्रतियोगिता सम्पन्न गरिएपनि केहि वर्ष कोभिड र क्लबको आन्तरिक कारणले प्रतियोगिता संचालन गर्न नसकिए बताउँदै यस वर्षदेखि पुनः निरन्तरता दिन लागिएको जानकारी दिए।
प्रतियोगिताको विजेता टोलीले ४४ हजार ४ सय ४४ रुपैयाँ र दोस्रो टोलीले २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगितामा विद्यागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड सहित प्रत्येक खेलको म्यानअफदि म्याच, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई पुरस्कृत गरिने छ ।
अध्यक्ष श्रेष्ठले प्रतियोगितामा १२ देखि १५ टोलीको सहभागिता रहने अनुमान रहेको बताए । प्रतियोगितामा कक्षा १२ सम्म नियमित अध्ययनरत विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
नकआउट चरणमा खेलाइने प्रतियोगिताका सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेलमैदानमा हुने बताइएको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]