default_image

9 years ago

January 28, 2017

आयोजक झापाको विजयी सुरुवात

141 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) – अघिल्लो महिना मेचि नेत्रालय काँकरभित्ता गोल्ड कप र फाल्गुनन्द गोल्ड कपको उपाधि जितेको झपाले आजबाट सुरु भएको दोश्रो रमपम झापा गोल्डकपको उद्घाटन खेलमा शेर क्लब कालेम्पुङलाइ ५–० ले हराउदै बिजयी सुरुवात गरेको छ ।

तस्बिर

तस्बिर

आयोजकको जितमा झापाका संजोग राइले खेल सुरु भएको ४ मिनेटमा गोल गर्दै झापालाइ अग्रता दिलाएका थिए । ३६ मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै अग्रता दोबर पारेका थिए भने ४० मिनेटमा पुजन उपरकोटिले गोल गर्दै ३ गोलको अग्रता दिलाएका थिए ।

दोश्रो हाफको ८५ मिनेटमा कर्ण लिम्बु र पिटर सेगुनले ८८ मिनेटमा गोल गर्दै झपा लाई ५–०को शानदार जित दिलाएका थिए । खेलमा झापाका संजोक लिम्बु म्यान अफ दि म्याच घोषित भए । उनले रु ७००० प्राप्त गरे ।

आजबाट सुरु भएको दोश्रो झापा गोल्डकपको उदघाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको थियो।

झपागोल्डकपमा आइतबारको खेल:
एन. आर.टि बिरुद्ध नेपाल पुलीस क्लब
डोमालाल रङशाला बिर्तामोड झापा
दिनको २ बजे

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.