9 years ago
January 28, 2017
पोखरा (हाम्रो खेलकुद) – पोखरा रंगशालामा शनिबार दिउसो भएको १५औं आहा! रारा गोल्डकप फुटबल प्रतियोगिता २०७३को फाइनल खेलबाट आयोजक सहारा क्लबले टिकटबाट मात्र झन्डै २० लाख रूपैयाँ आम्दानी गरेको छ ।

फाइनल खेलमा साविकको विजेता मनाङ मर्स्याङ्दी क्लबले आयोजक सहारा क्लबलाई १-०ले पराजित गरेको थियो। पोखरामा समर्थकमाझ प्रिय रहेको क्लब मनाङलाई आयोजक सहाराले बलियो चुनौति दिएको थियो। निकै प्रतिस्पर्धात्मक रहेको खेल हेर्न रंगशालामा झन्डै १५ हजार दर्शक उपस्थित थिए।
क्वार्टरफाइनलमा ६० रुपैंया रहेको टिकट दर सेमिफाइनलमा १ सय र फाइनलमा १ सय ५० रूपैयाँ तोकिएको थियो।
पुर्वतिर मात्र प्याराफिट रहेपनि उत्तर र दक्षिण तर्फको खुला क्षेत्रमा दर्शकहरु बसेका थिए। करिब १३ हजार टिकट बिकेको फाइनल खेलमा पश्चिमतर्फ भने अतिथि, प्रायोजक, लगायतको उपस्थिति थियो।
फाइनलमा भएको रु. २० लाख आम्दानीसंगै प्रतियोगिता अवधिभरको टिकट आम्दानी रु. ३७ लाख पुगेको अनुमान रहेको आयोजक क्लबले बताएको छ । प्रतियोगिता सम्पन्न भएको केहि महिनामै क्लबले आम्दानी-खर्च विवरण सार्वजनिक गर्ने गरेको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]