default_image

9 years ago

January 29, 2017

गुरुङको नेतृत्वमा रहेको पश्चिमाञ्चल फुटबल संघले पूर्णता पायो

101 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व राष्ट्रिय खेलाडी खेम गुरुङलाई यसअघि नै पश्चिमाञ्चल फुटबल संघको अध्यक्षको जिम्मेवारी दिएको थियो । आइतबार पोखरामा भेलालले संघलाई पूर्णता दिएको छ । कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष गुरुङको नेतृत्वमा १३ सदस्यीय कार्यसमिती घोषणा गरिएको हो ।

anfa
भेलाले रुपन्देहीका मदन शेरचन र गोरखका हरीहर श्रेष्ठलाई संघको उपाध्यक्षमा चयन गरेको छ । सहारा क्लबका पूर्व अध्यक्ष कास्कीका विक्रम थकाली (कास्की) लाई सचिव र कास्कीकै मदन केसीलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

सदस्यमा टिका बहादुर कार्की (कास्की), एलबी जुहारचन (स्याङ्जा), रामराज गुरुङङ्ग (बागलुङ), ज्योती श्रेष्ठ (तनहुँ), सेत बहादुर पुन (नवलपरासी), शिव वहादुर गुरुङ (कास्की), ओम गुरुङ (लमजुङ) र भरत शर्मा (पाल्पा) छन् ।
भेलामा एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुंवरले फुटबल विकासका लागि विकेन्द्रिकरण आवश्यक रहेको औंल्याउँदै भने, ‘सोही नीति अनुरुप हामीले क्षेत्रिय संघको गठन गरि कार्यक्रमहरुलाई प्रभावकारी बनाउन खोजेका छौं ।’ उनले एन्फाले आफ्नो सिमित स्रोत साधनका बावजुद पनि खेल सामाग्रीहरु वितरण गर्दै आएको र अबको केही दिनमा नै हरेक क्षेत्रमा ‘इन्स्ट्रक्टर’हरुको नियुक्ती गरि प्रशिक्षण कार्यक्रम संचालन गरिने बताए ।

एन्फाका उपमहासचिव गणेश बहादुर भट्टराईले राजनितिक अवस्थाका कारण खेलकुदले गति लिन नसकेको बताउँदै खेल विकासका लागि लगानी आवश्यक रहने बताए । नेपाल खेलकुद पत्रकार मंच कास्की समन्वय शाखाका अध्यक्ष केशब पाठक र सञ्चरकर्मी दिपेन्द्र श्रेष्ठले फुटबल विकास संगै पूर्वाधार विकासमा ध्यान पुर्याउनु पर्नेमा जोड दिए ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.