2 years ago
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी एफसी माथि जित हात पार्दै जावलाखेल युथ क्लब जारी केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले केपी एफसीलाई २-१ ले पराजित गरेको हो ।
जावलाखेलका लागि निराजन धामी र निरज चौधरीले १-१ गोल गरेका हुन् । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको आयोजक टोलीले आज भने सो प्रदर्शन दोहोर्याउन सकेन । यसअघि केही मोफसल प्रतियोगिताहरू खेलेर आएको जावलाखेलले भने राम्रो प्रदर्शन गर्न सफल भयो ।
१२औं मिनेटमा आयोजकका रोहन कार्कीको प्रहार जावलाखेल गोलरक्षक युनेश चौधरीले सहजै समाते । १६औं मिनेटमा जावलाखेलका अनिल महर्जनको प्रहार यभ्स प्रिसोले पोस्टमाथि फालिदिए ।
३९औं मिनेटमा जावलाखेलले खेलमा अग्रता बनायो । आयोजकका डिफेन्डर कमल श्रेष्ठले ब्याकपास सिधै जावलाखेलका निराजन धामीलाई गएपछि उनले सहजै गोल गर्दै खेलमा अग्रता बनाएका थिए ।
दुई मिनेट पछि केपी एफसी बराबरी गर्नको निकै नजिक पुगेको थियो । कर्नर किकमा अडामा डोम्वियाको हेडर युनेशले उत्कृष्ट बचाउ गरेका विफल पारे । ४५औं मिनेटमा आयोजकका जय गुरुङको बक्स बाहिरबाट लिएको प्रहार क्रसबारमा लागेर बाहिरियो ।
५९औं मिनेटमा फोडे फोफानाको हेडर पोस्टतर्फ जान सकेन । ६८औं मिनेटमा निराजनको प्रहार अनन्त तामाङले उत्कृष्ट ब्लक गरे ।
८२औं मिनेटमा जावलाखेलले अग्रता दोब्बर बनायो । दोस्रो हाफमा मैदान प्रवेश गरेका निरज चौधरीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
त्यसको दुई मिनेट पछि केपी एफसीले एक गोल फर्कायो । मिलान राईको कर्नरमा अनन्त तामाङको हेडर क्रसबारमा लागेर फर्किएपछि अडामा डोम्वियाके गोल गर्दै एक गोल फर्काएका थिए । तर अन्त्यसम्म केपी एफसीले पुनरागमन गर्न सकेन ।
जावलाखेलले अब सेमिफाइनलमा न्यू रोड टिम विरुद्ध खेल्नेछ । आज दिनको दोस्रो क्वाटरफाइनलमा साविक विजेता मछिन्द्र एफसीले नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराएको थियो । मछिन्द्रले आज प्रतियोगिताको पहिलो खेल खेल्दै छ ।
यो खेलको विजेताले फाइनल प्रवेशका लागि भारतीय क्लब मानेभञ्ज्याङ एफसी विरुद्ध खेल्ने छ । मानेभञ्ज्याङले अर्को भारतीय टोली दिल्ली एफसी विरुद्ध जित निकालेको थियो ।
प्रतियोगिताका सेमिफाइनल अगाडिका खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछन् । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछन् । फाइनल फागुन १९ गते हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]