default_image

2 years ago

February 27, 2024

भारतीय क्लबलाई हराउँदै आर्मी सेमिफाइनलमा

1838 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

त्रिभुवन आर्मी फुटबल क्लब चौथो पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतीय क्लब हिल्स फुटबल एकेडेमीलाई मंगलबार १–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

आर्मीको जित सँगै प्रतियोगितमा सेमिफाइनल समीकरण पूरा भएको छ । पाँचथर क्लब, झापा ११, बागमती युथ क्लब यस अघिनै अन्तिम चारमा पुगेका छन् । आर्मीले फाइनल प्रवेशका लागि बिहीबार झापा ११ को सामना गर्ने छ ।

दोश्रो रोजाइका खेलाडी लिएर उत्रेको आर्मी खर्साङ्गे टोलीलाई हराएको थियो । दिशान्त राईले ४७ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । दिप लामाको क्रसमा दिशान्तले वानटच गोल गरेका थिए । खेलमा पुनरागमन गर्ने अवसरलाई पाहुना टोलीले उपयोग गर्न सकेन ।

आर्मीका दिशान्त राई म्यान अफ दि म्याच बने र ५ हजार रुपैयाँ प्राप्त गरे । निर्तिका राई खवास फ्यान अफ दि म्याच भइन् र २ हजार ५ सय रुपैयाँ प्राप्त गरिन् । प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पाँचथर गोल्डकपमा बुधबारको सेमिफाइनल
पाँचथर क्लब विरुद्ध बागमती फुटबल क्लब, सर्लाही
खेल समय – दिउँसो २ बजे

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.