2 years ago
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा प्रिती राईले उत्कृष्ट गोलसँगै नेपाल लेबनान विरुद्ध पुनरागमन जित दर्ता गर्दै पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।
साउदी अरेबियामा जारी प्रतियोगितामा मंगलबार पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले प्रितीको गोलमा २-१ को नाटकीय जित दर्ता गरेको हो । खेल १-१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । विमला चौधरीको कर्नर किक क्लियर भएपछि बक्स बाहिरबाट प्रितीले गरेको प्रहारले जाली चुमेको थियो ।

त्यसअघि निकै संघर्ष पश्चात ७६औं मिनेटमा नेपाल अन्ततः बराबरी गोल गर्न सफल भएको थियो । रश्मीको पासमा सावित्रा भण्डारी साम्बाको पहिलो प्रहार लमिटाले बचाएपछि डिफेन्डर अमिना करिमले क्लियर नगरेपछि साम्बा आफैले मौकाको फाइदा उठाउँदै गोल गर्न सफल भइन् । प्रतियोगितामा साम्बाको त्यो नवौं गोल हो । उनले खेलेका सबै ४ खेलमा उनले गोल गरेकी छन् ।
पहिलो हाफको ३८औं मिनेटमै नेपाल गोल खान पुगेको थियो । पूजा रानाले गोलकिपर एन्जिलाको लागि खेलेको ब्याकपासमा गोलरक्षक धेरै टाढा रहेपछि बल सिधै पोस्टमा गएको थियो ।

नेपालले पछिल्लो खेलहरुमा जस्तो पहिलो हाफमा खेलमा पकड बनाउन सकेको थिएन । अवसरहरु सिर्जना भएपनि नेपालको फरवार्ड लाइनले अवसरहरूको राम्रो सदुपयोग गर्न सकेन ।
तेस्रो मिनेटमा साम्बाको क्रसले आफ्नो टिममेट भेटाउन सकेन । १३औं मिनेटमा रेखा पौडेलले सुन्दर अवसर खेर फालिन् । पूजाले आफ्नो हाफबाट खेलेको लामो बल लेबनानले क्लियर गर्न नसकेपछि बनेको वान अन वान अवसरमा उनले पोस्टभन्दा बाहिर प्रहार गरिन् ।
१४औं मिनेटमा साम्बाले बक्स बाहिरबाट लिएको प्रहार पोस्टतर्फ जान सकेन । २०औं मिनेटमा लेबनानकी लैला इस्कन्दरको प्रहार नेपाली गोलकिपर एन्जिलाले सहजै समातिन् । २८औं मिनेटमा रेखाको अर्को लङ रेन्ज प्रहार पोस्टको दिशामा रहेन ।
४२औं मिनेटमा अमिषा कार्कीको क्रस साम्बासम्म पुग्न सकेन । ५९औं मिनेटमा साम्बाको अर्को प्रहारले लेबनान गोलरक्षकलाई दुःख दिन सकेन ।
६६औं मिनेटमा विमला चौधरीको प्रहार लेबनान गोलरक्षक लमिटा एल दिबले बचाइन् । ७१औं मिनेटमा रश्मीको प्रहार डिफेन्डरलाई लागेर पोस्टको केही टाढाबाट बाहिरियो । त्यसपछिको कर्नरमा गिता रानाको हेडर पनि पोस्ट तर्फ जान सकेन ।
नेपालले अब फाइनलमा जोर्डनको सामना गर्नेछ । जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइन माथि ५-० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । जोर्डन साविक विजेता सँगै प्रतियोगिताको ५ पटकको विजेता हो ।
नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]