default_image

1 year ago

February 28, 2024

साम्बाले जोर्डनविरुद्ध फाइनल नखेल्ने 

12592 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपाली महिला राष्ट्रिय टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा नखेल्ने भएकी छन् ।

एन्फाले बुधबार आफ्नो फेसबुक पेजमार्फत साम्बा जोर्डन विरुद्ध फाइनल नखेल्ने जनाएको छ । साउदी अरेबियामा‌ जारी प्रतियोगितामा नेपाल र जोर्डनबीच बिहीबार फाइनल हुनेछ।

नेपालले मंगलबार सम्पन्न सेमिफाइनलमा लेबनानलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उक्त खेलमा नेपालका लागि बराबरी गोल समेत गरेकी साम्बा फाइनलमा अनुपस्थित हुने छिन् ।

फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित साम्बाले फिफाको नियम अनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम रहेको छ । वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको तर नकआउट चरणका खेल भने फिफा विन्डो बाहिर छन् ।

फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । जसमा ३ खेलसम्म खेल्न पाउने प्रावधान छ । साम्बाले समूह चरणमा नै ३ खेल खेलिसकेपनि ग्वेंगाम्पले साम्बालाई सेमिफाइनल खेल्न दिएको थियो ।

तर फ्रान्सेली लिगमा ग्वेंगाम्पले मार्च २ मा निकै महत्त्वपूर्ण खेल खेल्ने र वाफको फाइनल खेलेर उक्त खेलका लागि उपलब्ध हुन नसक्ने भएपछि क्लबले सेमिफाइनल पछि नै उनको माग गरेको छ । रेलिगेसन क्षेत्रमा रहेको लिलसँगको खेल ग्वेंगाम्पको लागि निकै महत्त्वपूर्ण छ । दुई क्लबबीच ४ अंकको फरक छ र यो खेल जिते साम्बा सम्मिलित टोली रेलिगेसनबाट बच्ने लगभग पक्का हुनेछ ।

फिफाको राष्ट्रिय टोली र क्लब सहभागिताको नियम अनुसार क्लबको सम्झौता हुँदा फिफा मितिमा मात्र राष्ट्रिय टोलीमा अनिवार्य सहभागी हुनुपर्ने प्रावधान छ । तर क्लब र फुटबल संघबीच सहमति भएको अवस्थामा भने मिति बाहिर पनि खेल्न पाउनेछन् ।

सन् २०१७ को फिफा अन्डर १७ विश्वकपमा इंग्ल्याण्डले उपाधि जित्दा पनि यस्तै अवस्था आएको थियो । त्यसबेला बोरुसिया डर्टमुन्डले मिडफिल्डर जेडन सान्चो इंगलिस टोलीमा भएपनि समूह चरणको खेलपछि फिर्ता बोलाएको थियो ।

विगतमा नेपालले नै सहभागिता जनाएको दक्षिण एसियाली खेलकुदको दौरान पनि रोहित चन्द व्यावसायिक अनुबन्धनमा हुँदा फिफा विन्डो बाहिर भएको प्रतियोगिता खेल्न पाएका थिएनन् ।

वाफ च्याम्पियनसिपमा खेलेका सबै ४ खेलमा गोल गरेकी साम्बाको गोल संख्या ९ छ । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता सूचीमा अग्रस्थानमा छिन् ।

April 18, 2025

आरसिबीले पन्जाबलाई दियो सामान्य लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैगलुरु (आरसिबी) ले पन्जाब किंग्सलाई ९६ रनको सामान्य लक्ष्य दिएको छ। वर्षाले प्रभावित खेल ढिला सुरु भयो। २० ओभरको खेललाई १४ ओभरमा घटाइएको थियो। पन्जाबले टस जितेर पहिले फिल्डिङ रोज्यो। आरसिबीले पहिले ब्याटिङ गर्दै १४ ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनायो। तर रोयल च्यालेन्जर्सले निराशाजनक […]

April 18, 2025

आर्मी लुम्बिनी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । शुक्रबार बाँकेस्थित नेपालगंज रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४-० ले हरायो । आर्मीको जितमा अनिता लम्जेलले दुई तथा हेमा चौधरी र तुलसा बोहराले समान १-१ गोल गरे । आर्मीलाई […]

April 18, 2025

बाँसबारी पाँचौं स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी क्लब जित हात पार्न सफल भएको छ। च्यासल युथ क्लबलाई १-० ले हराउँदैबाँसबारी लिगको पाँचौं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलको ३१ औं मिनेटमा बाँसबारीले च्यासल विरुद्ध अग्रता बनायो। सरोज दर्लामीले गोल गरे। यो गोलमा बाँसबारीले पहिलो हाफमा १-० को अग्रता बनायो। च्यासल दोस्रो […]

Success

Thank you for your time.