default_image

2 years ago

February 29, 2024

नेपाललाई ११ औं फाइनलमा इतिहास रच्ने अवसर

2591 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नेपाली महिला राष्ट्रिय फुटबल टोलीसँग आज इतिहास रच्ने अवसर छ । त्यसका लागि टोलीले साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा जोर्डनलाई हराउनुपर्ने हुन्छ ।

३८ वर्षको अन्तर्राष्ट्रिय फुटबल यात्रामा महिला टोलीले कुनै उपाधि जित्न सकेको छैन। यद्यपि टोलीले दक्षिण एसियाको सफल टोलीमध्येको एक हो । सन् २०१० बाट सुरु भएको साफ च्याम्पियनसिप होस् वा दक्षिण एसियाली खेलकुद (साग) होस् दुवैमा अधिकांश फाइनल खेलेको अनुभव नेपाली टोलीसँग छ ।

सन् २०१६ बाहेक साफ च्याम्पिनसिपको सबै संस्करणमा नेपाली टोलीले फाइनल खेलको छ । सागको २०१०, २०१६ र २०१९ सबै संस्करणमा नेपालले फाइनल खेलेको थियो । साफ र साफ च्याम्पियनसिपबाहेक पनि भाग लिएका दुई प्रतियोगितामा नेपालले फाइनल खेलेको छ ।

२०१९ मा भारतमा भएको हिरो कप र सोही वर्ष कीर्गिस्तानमा २०१९ मा नादेज्दा कप दुबैमा नेपाल उप विजेतामा सिमित भएको थियो । यी दुवै प्रतियोगिता भने मैत्रीपूर्ण थिए । हिरो कपमा म्यानमारसँग ३–१ ले पराजित नेपाल नाजेज्दामा उज्वेकिस्तानसँग ३–२ हारेको थियो । सोही वर्ष साफ र साफ च्याम्पियनसिप दुवैको फाइनलमा भारतसँग पराजित भएको थियो ।

१९८६ मा हङकङविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा यात्रा अघि बढाएको महिला टोलीले साफ च्याम्पियनसिपमा ५ पटक, सागमा ३ पटक र अन्य दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा गरि १० वटा फाइनल खेलिसकेको छ । त्यसमध्ये साफ र सागमा गरि ७ पटक भारतसँग तथा बंगलादेशसँग साफ, म्यानमारसँग हिरो कप र नाजेज्दामा उज्वेकिस्तानसँग पराजित भएको थियो ।

अहिलेसम्म च्याम्पियनका रुपमा भने नेपाली महिला टोलीले सुखी साट्न पाएको छैन । लेबनानविरुद्ध निर्णायक गोलसँगै उच्च प्रदर्शन गरेकी प्रिति राईले भनेकी थिइन्, ‘फाइनल जितेपछि मात्र म खुसी हुनेछु । खुसी त लागेको छ तर पूर्ण खुसी फाइनल जितेपछि मात्र हुनेछ ।’

नेपाली टोलीले ११ औं पटक फाइनल खेल्दा च्याम्पियनको ताज पहिरिन सक्ला त? जवाफ सहज छैन । आज राती हुने वाफको फाइनलमा नेपालले जोर्डनको सामना गर्दैछ । फिफा वरियतामा जोर्डन भन्दा माथि रहेका टोलीसँग विगतमा कडा टक्कर दिएको इतिहास रहेको नेपालले जोर्डनलाई पनि सहजै खेल्न भने नदिने अपेक्षा गर्न सकिन्छ ।

फिफा वरियताको ४७ औं स्थानमा रहेको उज्वेकिस्तान, ५४ औं स्थानमा रहेको म्यानमार र ६५ औं स्थानमा रहेको भारतलाई पनि नेपालले फाइनलमा कडा चुनौती पेश गरेको थियो । २०२२ मा स्वदेशमा भएको साफ च्याम्पियनसिपमा त नेपालले भारतमाथि पहिलो पटक जित निकालेको थियो । भारतमाथि जित निकालेको गर्विलो इतिहास रचिसकेको नेपाललाई आज अर्को इतिहास रच्दै च्याम्पियन बन्ने अवसर छ ।

नेपाल र जोर्डन दुवै अपराजित

नेपाल र जोर्डनबीचको वाफ फाइनल जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समय अनुसार राती ९:४५ बजे सुरु हुनेछ ।

नेपाल र जोर्डन जारी प्रतियोगिताका दुई अपराजित टोली हुन् । साविक विजेता समेत रहेको जोर्डन वाफको ५ पटकको च्याम्पियन हो । अर्कोतर्फ पहिलो सहभागितामा नै नेपाल फाइनल पुगेको छ। मंगलबार भएको सेमिफाइनलमा नेपालले लेबनानलाई २–१ ले पराजित र जोर्डनले प्यालेस्टाइनलाई ५–० ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेको थियो।

समूह चरणमा दुबै टोलीले सबै ३ खेल जितेको थियो। जोर्डनको फाइनलसम्मको यात्रा सहज रह्यो। समूह चरणमा सजिलो साथ अघि बढेको नेपालले सेमिफाइनलमा लेबनानको कडा चुनौतीको सामना गर्नुपरेको थियो। १–० को पछि परेको खेल उल्टाउँदै नेपाल उपाधि नजिक पुगेको थियो।

वाफमा नेपालले ४ खेलमा १५ गोल गर्दै २ गोलको सामना गरेको छ भने जोर्डनले १३ गोल गर्ने क्रममा १ गोल खाएको छ। टोलीका लागि ९ गोल गरेकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले फाइनल भने खेल्ने छैनन् ।

फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित साम्बाले फिफाको नियम अनुसार क्लबमा फर्कनुपर्ने भएकाले फाइनल गुमाउनुपरेको हो । फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम रहेको छ ।

वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको तर नकआउट चरणका खेल भने फिफा विन्डो छैनन्।
फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । जसमा ३ खेलसम्म खेल्न पाउने प्रावधान छ । साम्बाले समूह चरणमा नै ३ खेल खेलिसकेपनि ग्वेंगाम्पले साम्बालाई सेमिफाइनल खेल्न दिएको थियो ।

तर फ्रान्सेली लिगमा ग्वेंगाम्पले शनिबार निकै महत्त्वपूर्ण खेल खेल्दैछ । वाफको फाइनल खेलेर शनिबारको खेलमा उपलब्ध हुने सम्भावना नभएपछि क्लबले सेमिफाइनल पछि साम्बालाई बोलाएको हो । रेलिगेसन क्षेत्रमा रहेको लिलसँगको खेल ग्वेंगाम्पको लागि महत्त्वपूर्ण छ । दुई क्लबबीच ४ अंकको फरक छ । त्यो खेल जिते साम्बा सम्मिलित टोली रेलिगेसनबाट बच्ने लगभग पक्का हुनेछ ।

साम्बा नहुँदा विपक्षीलाई मानसिक रुपमा फाइदा पुग्न त सक्छ । तर नेपालसँग सफल नतिजा निकाल्नसक्ने क्षमता भएका खेलाडी भने रहेका छन् । मिडफिल्डर प्रितिको टोलीले उच्च प्रदर्शन गर्दै आएकाले यसपटक च्याम्पियन बनेर फर्कने आशा गर्न सकिन्छ । तर, त्यसका लागि फाइनलमा अहिले सम्मकै उच्च प्रदर्शन गर्न आवश्यक छ ।

नेपाली महिला टोलीले यसअघि खेलेका १० फाइनल
साफ च्याम्पियनसिप

वर्ष प्रतिद्वन्द्वी स्कोर
२०१० भारत १–०
२०१२ भारत ३–१
२०१४ भारत ६–०
२०१९ भारत ३–१
२०२२ बंगलदेश ३–१

दक्षिण एसियाली खेलकुद (साग)

२०१० भारत ३–१
२०१६ भारत २–१
२०१९ भारत २–०

हिरो कप
२०१९ म्यानमार ३–१

नादेज्दा कप

२०१९ उज्वेकिस्तान ३–२

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.