2 years ago
February 29, 2024
दिपक बोहोरा, पाँचथर
त्रिभुवन आर्मी फुटबल क्लब चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीबार दोस्रो सेमिफाइनलमा झापा ११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–० ले हराउँदै आर्मी अन्तिम दुईमा पुगेको हो ।
आर्मीले शनिबार उपाधिको लागि आयोजक पाँचथर क्लबको सामना गर्नेछ । निर्धारित समय १–१गोलको बराबरी टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा आर्मीका सन्तोष केसी, दिपकुमार लामा र मनबहादुर आले मगरले गोल गरेका थिए ।
झापाको लागि कुनै खेलाडीले गोल गर्न सकेनन् । झापाका कप्तान पेमा तामाङ र विशाल तामाङको बारमा लागेको थियो । रजिन माझीको प्रहार आर्मीका गोलकिपर नविन परियारले रोकेका थिए ।
प्रतिस्पर्धात्मक खेलको ४३ औंं मिनेटमा दिपकुमार लामाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ५९ औ मिनेटमा प्रदीप बुढाथोकीको पेनाल्टीमा गोल गर्दै झापा खेलमा फर्किएको थियो । झापाका हरिबहादुर आले मगरलाई आर्मीका डिफेन्डरले डि एरियामा फाउल गरे पछि झापाले पेनाल्टी पाएको थियो ।
पहिलो हाफमा निकै राम्रो प्रर्दशन गरेको आर्मी दोश्रो हाफमा झापाको दबाबमा परेको थियो । दोश्रो हाफमा निरन्तर आक्रमण गरे पनि झापा टाइब्रेकरमा अभागी बनेको थियो । आर्मीका दिपकुमार लामा म्यान अफ द म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
निश्चल बाँस्कोटा खेलको फ्यान अफ दि म्याच चुनिए र उनले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]