default_image

2 years ago

February 29, 2024

नेपाली महिला टोलीमा तीन परिवर्तन

5507 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप अन्तर्गत जोर्डन विरुद्ध उपाधि भिडन्तको सुरुवाती ११ मा नेपालले तीन परिवर्तन गरेको छ । जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा फाइनल नेपाली समय अनुसार राती ९:४५ बजेदेखि सुरु हुनेछ ।

सेमिफाइनलमा लेवनानविरुद्ध खेलेको सुरुवाती-११ बाट फ्रान्स फर्किएकी सावित्रा भण्डारी, अनिता केसी अनिता बस्नेत बाहिरिएका छन् । उनीहरूको स्थानमा दीपा शाही, रश्मी कुमारी घिसिङ र सविता राना मगर टोलीमा अटाएका छन् ।

नेपाल र जोर्डन जारी प्रतियोगिताका दुई अपराजित टोली हुन् । साविक विजेता समेत रहेको जोर्डन वाफको ५ पटकको च्याम्पियन हो । नेपालले पहिलो पटक यो प्रतियोगिता खेल्ने मौका पाएको हो ।

मंगलबार भएको सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ ले पराजित र जोर्डनले प्यालेस्टाइनलाई ५-० ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेको थियो ।

समूह चरणमा दुबै टोलीले सबै ३ खेल जितेको थियो । जोर्डनको‌ फाइनलसम्मको यात्रा सहज रह्यो । समूह चरणमा सजिलो साथ अघि बढेको नेपालले सेमिफाइनलमा लेबनानको कडा चुनौतीको सामना गर्नुपरेको थियो। १-० को पछि परेको खेल उल्टाउँदै नेपाल उपाधि नजिक पुगेको थियो ।

फिफा वरियतामा नेपाल भन्दा जोर्डन माथि छ । महिला फुटबलको वरियतामा नेपाल १ सय पाँचौं र जोर्डन ७४औं स्थानमा छ ।

वाफमा नेपालले ४ खेलमा १५ गोल गर्दै २ गोलको सामना गरेको छ भने जोर्डनले १३ गोल गर्ने क्रममा १ गोल खाएको छ ।

नेपालको सुरुवाती ११:

एन्जिला तुम्बापो सुब्बा (कप्तान तथा गोलकिपर), पूजा राना, गिता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, दीपा शाही, प्रिती राई, सविता राना मगर, अमिषा कार्की, रेखा पौडेल, रश्मी कुमारी घिसिङ

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.