2 years ago
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वर दशरथ रंगशालाको मैदान अन्तराष्ट्रिय खेलका लागि उपयुक्त नहुने देखिएपछि नेपाल र बहराइनबीच हुने फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को छनोट खेल नहुने भएको छ ।
पूर्व निर्धारित तालिका अनुसार चैत ८ गते दशरथ रंगशाला र चैत १३ गते बहराइनमा नेपाल र बहराइनको राष्ट्रिय पुरुष फुटबल टोलीबीच खेल हुनुपर्ने थियो।
एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई शुक्रबार पत्र पठाउँदै नेपाल र बहराइनबीचको पहिलो लेगका लागि न्युट्रल भेन्यू व्यवस्थापन गर्न भनेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।
छनोट खेल होम एण्ड अवेका आधारमा हुन्छ । तर पछिल्लो समय दशरथ रंगशालाको मैदानको अवस्था बिग्रिएपछि त्यहाँ खेल सम्भावना थिएन । मैदान तयार पार्न समयमा दशरथ रंगशाला नपाएको एन्फा प्रवक्ता शाहले बताए।
एएफसीका प्रतिनिधि मिन्दु दोर्जेले सोमबार दशरथ रंगशालाको निरीक्षण गरेपछि नेपाल र बहराइन बीचको खेलबारे अन्यौलता थपिएको थियो । दोर्जे रंगशालाको अवस्थाबाट सन्तुष्ट रहेका थिएनन् । निरीक्षणपछि उनले एएफसीलाई प्रतिवेदन बुझाएका थिए ।
दशरथ रंगशालामा पुस १४ गते नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको फाइनल भएको थियो। त्यसपछि खाली रहेको मैदानमा गत साता रग्बीको क्लब च्याम्पियनसिप आयोजना भएको थियो। रेग्बी त्यहि खेल जुन संघको निवर्तमान अध्यक्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ हुन् ।
प्रतिनिधि पठाएर झन्डै दुई साताअघि दशरथ रंगशालाको भ्रमण गरेपछि त्यहाँ खेल्ने अवस्था नभएको निष्कर्ष सहित जोर्डनले एएफसीलाई जानकारी गराएको थियो।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]