2 years ago
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतले काठमाडौंमा आजदेखि सुरु भएको साफ यु-१६ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्समा भएको उद्दघाटन खेलमा भारतले भुटान माथि ७-० को फराकिलो जित निकालेको हो ।
भारतको जितमा अनुष्का कुमारीले ह्याट्रिक प्रहार गरिन् । यस्तै पर्ल फर्नान्डेजले दुई गोल गरिन् भने कप्तान श्वेता रानी अन्विता रघुरमनले समान एक-एक गोल गरे ।
भारतले जित सँगै तीन अंक हासिल गरेको छ । भारतले आफ्नो दोस्रो खेलमा बंगलादेश विरुद्ध मंगलवार खेल्ने छ ।
प्रतियोगिताको दोस्रो खेलमा भोलि घरेलु टोली नेपालले बंगलादेश विरुद्ध खेल्ने छ । खेल दिनको तीन बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।
फाल्गुन २७ गतेसम्म चल्ने प्रतियोगिता राउण्ड रोबिन ढाँचामा खेलाइने छ । नेपाल सहित भारत, भुटान र बंगलादेश सम्मिलित यस प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]