2 years ago
March 2, 2024
एजेन्सी – तनावपूर्ण बनेको सिरी ‘ए’ को खेलमा एसी मिलानले इटालियन संघर्षपूर्ण जित दर्ता गरेको छ । मिलानले ८ खेलाडीमा सम्मिलित लाजियोलाई १–० ले पराजित गरेको हो ।
मिलानको जितमा खेलको अन्त्यतिर नोआ ओकाफरले गरेको गोल नै निर्णायक बन्यो । उनले ८८औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
कार्डको वर्षा भएको खेलमा रेफ्री मार्काे डि बेलोले १२ पहेलो र ३ रातो कार्ड देखाउनु परेको थियो । जसमा तीनै रातो कार्ड घरेलु टोली लाजियोले पाएको थियो ।
रोमामा शुक्रबार राति भएको खेलको ५७औं मिनेटमा घरेलु टोली लाजियो १० खेलाडीमा समेटिन पुुग्यो । लुका पेलिग्रेनी दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
७६औं मिनेटमा राफयल लियोले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन । त्यसपछि ८८औं मिनेटमा नोआ ओकाफरले गोल गर्दै मिलानलाई जित दिलाए ।
मिलानले गोल गरेपछि खेल झनै तनावपूर्ण बन्दा रेफ्रीले लाजियोका एडाम मरुसिस र माटियो गुइनडोजीलाई सिधै रातो कार्ड देखाउँदा लाजियो ८ खेलाडीमा समेटिन पुगेको थियो ।
यस जितले मिलानले तेस्रो स्थानलाई थप मजवुत बनाएको छ । मिलान २७ खेलबाट ५६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित लाजियो ४० अंक जोडेर नवौं स्थानमा छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]