default_image

2 years ago

March 2, 2024

यु-१६ महिला साफ: नेपाल बंगलादेशविरुद्ध भिड्दै 

1755 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – हिजो देखि सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सुरु भएको साफ यु-१६ महिला च्याम्पियनसिपमा आज नेपाल पहिलो खेल खेल्दै छ । नेपालले आज बंगलादेश विरुद्ध दिनको ३ बजे खेल्ने छ ।

घरेलु मैदानमा भइरहेको यस प्रतियोगितामा नेपाललाई राम्रो प्रदर्शन गर्ने दवाब समेत रहेको छ । गत वर्ष यु-१५ महिला साफ जितेको नेपाललाई यसपटक पनि दावेदारको रुपमा हेरिएको छ । तर भारत र बंगलादेश सहज प्रतिद्वन्दी भने रहने छैनन् । भारतले हिजो उद्घाटन खेलमा भुटान विरुद्ध ७-० को जित निकालिसकेको छ । बंगलादेश पनि उमेर समुहमा सधै राम्रो प्रदर्शन गर्दै आइरहेको छ ।

नेपालका मुख्य प्रशिक्षक चक्र तामाङले प्रतियोगिताभन्दा अघिको पत्रकार सम्मेलनमा बोल्दै घरेलु मैदानमा आफुलाई फाइदा रहने बताए । करिब १ महिना देखि नेपाली टोलीले तयारि गरिरहेको एन्फा कम्प्लेक्समा नै प्रतियोगिता आयोजना भएको हुनाले नेपाली टोलीलाई आफु टोलीभन्दा बढी सजिलो हुने उनले बताए । 

“हामी हाम्रो घरेलु मैदानमा खेलिरहेका छौं र हामीले अन्य टोलीको तुलनामा एउटै मैदानमा बढी प्रशिक्षण गरिरहेका छौं”, तामाङले भने । “टिम निकै खुसी छ । साथै सिनियर टोलीको प्रदर्शनले सकारात्मक भाइब्स दिएको छ ।”

उता उपाधि दावेदार मानिएको बंगलादेशका प्रशिक्षक शरिफुल टिटुले भने एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा खेल्नु आफ्नो लागि गाह्रो नहुने बताए । “हामी धेरैजसो समय कृत्रिम मैदानमा प्रशिक्षण गर्छौं । हामीले यस प्रतियोगिताको लागि घाँस पिचहरू प्रयोग गरेका थियौं तर टिमको लागि यो ठूलो समस्या भने होइन”, उनले भने ।

यसका साथै यस युवा टोलीमा उपाधि जित्ने दवाब राखेमा चाहेजस्तो प्रदर्शन वा खेलाडी विकास हुन नसक्ने समेत उनले भने । “सिनियर टोली साफ च्याम्पियन हो । तर यो युवा टोलीलाई उपाधि जिताउन दबाब दियौं भने पूर्ण क्षमताको विकास हुँदैन । त्यसैले हामी दबाब दिन चाहँदैनौं”, उनले थपे । 

राउन्ड रोबिनका आधारमा हुने यस प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । फाइनल खेल फलागुन २७ गते हुनेछ ।  

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.