2 years ago
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी साफ यु-१६ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा बंगलादेश विरुद्ध हार बेहोरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले २-० को हार बेहोरेको हो ।
बंगलादेशको जितमा साथी मुन्दाले दुवै गोल पहिलो हाफमा गरिन् । बंगलादेशले खेलको २४औं मिनेटमा खेलमा अग्रता लिएको थियो । सौरभी अकान्दा प्रितीको थ्रु-पासमा गोल गर्दै मुन्दाले खेलमा बंगलादेशका लागि अग्रता दिलाएकी थिइन् ।
उनले नै ३१औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर बनाइन् । नेपाली गोलरक्षक झरना डूम्राकोटीले बंगलादेशी फरवार्ड अल्पी अख्तरमाथि फाउल गरेपछि बंगलादेशले पेनाल्टी पाएको थियो । पेनाल्टीमा मुन्दाले गोल गर्दै अग्रता दोब्बर बनाएकी थिइन् ।
त्यसपछि खेल अवधिभर गोल नभएपछि बंगलादेश विजयी भयो ।
बंगलादेशले जित सहित ३ अंक हासिल गरेको छ । हिजो भुटानविरुद्ध जित निकाल्दै भारतले पनि ३ अंक जोडेको थियो ।
प्रतियोगिताको अर्को खेलमा सोमबार नेपाल र भुटान भिड्ने छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]