2 years ago
March 3, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा न्यूक्यासल युनाइटेडले सानदार जित दर्ता गर्दा लन्डन क्लब चेल्सी बराबरीमा रोकिएको छ ।
न्यूक्यासलले घरेलु मैदानमा वल्भ्समाथि ३–० को जित दर्ता गरेको हो ।
सेन्ट जेम्स पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा एलेक्सान्डर इसाक, एन्थोनी गोर्डन र भालेन्टिनो लिब्रामेन्टोले गोल गरे ।
१४औं मिनेटमा इसाकको गोलबाट अग्रता लिएको न्यूक्यासलले ३३औं मिनेटमा एन्थोनी गोर्डनको गोलबाट पहिलो हाफमा २–० को अग्रता बनाउन सफल भएको थियो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा भालेन्टिनो लिब्रामेन्टोले गोल गर्दै न्यूक्यासलको सहज जित पक्का गराए ।
यस जितले न्यूक्यासल २७ खेलबाट ४० अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित वल्भ्स ३८ अंकसहित १०औं स्थानमा छ ।
प्रिमियर लिगकै अर्काे खेलमा चेल्सीले ब्रेन्टफर्डसँग २–२ गोलको बराबरी खेलेको छ । ब्रेन्टफर्डका म्याड्स रोरस्लेभ र योएनी विसाले गोल गर्दा चेल्सीका निकोलस ज्याक्सन र एक्सेल डिसासीले बराबरी गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । ब्रेन्टफर्डमा शनिबार राति भएको खेलको ३५औं मिनेटमा ज्याक्सनको गोलबाट चेल्सीको अग्रता बनाएको थियो । उनले मालो गुट्सोको पासमा गोल गर्न सफल भएका थिए ।
५०औं मिनेटमा म्याड्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६९औं मिनेटमा योएनी विसाले गोल गरेपछि चेल्सी खेलमा २–१ ले पछि पर्यो । तर, हार नमानेको चेल्सीले ८३औं मिनेटमा डिसासीको गोलबाट खेललाई २–२ गोलको बराबरीमा ल्याउन सफल भयो ।
यस बराबरीले चेल्सी २६ खेलबाट ३६ अंक जोडेर ११औं स्थानमा यथावत छ । ब्रेन्टफर्ड २७ खेलबाट २६ अंक जोडेर १५औं स्थानमा छ ।

December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]