default_image

2 months ago

March 3, 2024

भिनिसियसको दुई गोलमा रियल हारबाट जोगियो

एजेन्सी – ब्राजिली युवा फरवार्ड भिनिसियस जुनियरको दुई गोल सहयोगमा शीर्षस्थानमा रहेको रियल म्याड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । खेलको अन्त्यतिर १० खेलाडीमा समेटिएको दुई गोलले पछि परेको स्थितिमा भिनिसियसले दुई गोल गर्दा रियलले घरेलु टोली भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । भ्यालेन्सियामा शनिबार राति भएको खेलमा घरेलु […]

1361 views

0 Bookmark

एजेन्सी – ब्राजिली युवा फरवार्ड भिनिसियस जुनियरको दुई गोल सहयोगमा शीर्षस्थानमा रहेको रियल म्याड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ ।

खेलको अन्त्यतिर १० खेलाडीमा समेटिएको दुई गोलले पछि परेको स्थितिमा भिनिसियसले दुई गोल गर्दा रियलले घरेलु टोली भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।

भ्यालेन्सियामा शनिबार राति भएको खेलमा घरेलु टोलीका लागि ह्युगो डुरो र रोमन यारेमचुकले गोल गरे । खेलको २७औं मिनेटमा डुरोको गोलबाट रियल खेलमा पछि परेको थियो । उनले फ्रान पेरेजको पासमा गोल गर्न सफल भएका थिए । त्यसको तीन मिनेटपछि रोमनले गोल गर्दै भ्यालेन्सियाको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई खेलमा फर्काउने संकेत दिए । उनले अर्का ब्राजिली विंगर रोड्रिगोको पासमा गोल गर्न सफल भएका थिए ।

७६औं मिनेटमा भिनिसियसले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले यसपटक ब्राहिम डियाजको पासलाई सदुपयोग गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा भ्यालेन्सियाले पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता पाएन । इन्ज्युरी समयको थप गरिएको १०औं मिनेटमा रियल १० खेलाडीमा समेटिन पुग्यो ।

जुड बेलिङहम सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । रियलले ७१ प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङ गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

यस बराबरीले शीर्षस्थानमा रहेको २७ खेलबाट ६६ अंक पुगेको छ । रियलले दोस्रो स्थानमा रहेको जिरोनालाई ७ अंकले पछि पारेको छ । जिरोनाले एक खेल कम खेलेको छ । भ्यालेन्सिया २६ खेलबाट ३७ अंकसहित नवौं स्थानमा छ ।

April 21, 2024

आर्सनल शीर्षस्थानमा

एजेन्सी – घरेलु टोली वल्भ्समाथि २–० काे सहज जित हात पार्दै लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । आर्सनलले एक खेल कम खेलेको म्यानचेस्टर सिटी र लिभरपुललाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।वल्भरह्याम्टनमा शनिबार राति भएको खेलमा आर्सनललाई जिताउन लियान्द्रो ट्रोससार्ड र मार्टिन ओडेगार्डले गोल गरे । पहिलो र दोस्रो […]

April 21, 2024

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

एजेन्सी – चेल्सीलाई हराउँदै साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । सिटीले शनिबार चेल्सी माथि १-० को झिनो जित निकाल्दै उपाधि भिडन्त पक्का गरेको हो । सिटीको जितमा बर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । केभिन डी ब्रुइनले बक्स भित्रबाट नै गरेको क्रस चेल्सी गोलरक्षक जोर्डजे पेट्रोभिचले […]

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

Success

Thank you for your time.