default_image

9 years ago

January 30, 2017

बार्सिलोनाको बराबरीपछि नेयमारद्वारा इन्स्टाग्राममा रेफ्रीमाथी व्यङ्ग्य प्रहार

131 views

0 Bookmark

स्पेन (एजेन्सी) – बार्सिलोनाका स्टार खेलाडी नेयमारले आफ्नो इन्स्टाग्रामको प्रयोग गर्दै रेफ्रीमाथी व्यङ्ग्य प्रहार गरेका छन। स्पेनिश ला लिगा अन्तर्गत आइतबार भएको रियल बेटिस विरुद्धको खेलको दोस्रो हाफमा रेफ्रीको त्रुटिले गर्दा गोल नपाउदा बार्सिलोनाले बराबरीमा चित्त बुझाउनु परेको थियो ।

खेलको ७५ औँ मिनेटमा अलेग्रीयाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए थिए। त्यसको २ मिनेटपछी बार्सिलोनाले गोल फर्काएपनी साइड रेफ्रीले बलले गोललाईनबाट क्लियर भएको भन्दै गोल नदिदा बार्सा खेलमा पछी रहेको थियो ।

neymar

second

उनले बेटिससँगको खेलपछी इन्स्टाग्रामको दुइ भिन्दा भिन्दै पोस्ट गरेका थिए । पहिलो पोस्टमा गोल लाईन पार गरेको क्षण हाल्दै ‘हाहाहाहा’ लेखेको तस्वीर पोस्ट गरेका नेमारले दोस्रो तश्बिरमा आफु डि बक्समा लडेको तस्वीरमा ‘हाहाहाहाहा, पेनाल्टी हुनु पर्ने’ भनेर लेखेका थिए ।

तर उनको पोस्टले मीडियाको ध्यानाकर्षण गरेपछी उनले ति दुबै पोस्टहरु हटाएका छन ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.