2 years ago
March 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी साफ यु-१६ महिला च्याम्पियनसिपमा आज नेपालले दोस्रो खेल खेल्दै छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिनको ३ बजे हुने खेलमा नेपाल र भुटान भिड्ने छन् ।
नेपालले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा बंगलादेश विरुद्ध खराब प्रदर्शन सहित २-० को हार बेहोरेको थियो । बंगलादेशले निरन्तर रूपमा बल राख्दै आक्रमण गरेको थियो भने नेपाली टोली आक्रमणमा फितलो देखिएको थियो ।
यस्तै भुटान भने भारत विरुद्ध ७-० को फराकिलो हार बेहोरेको थियो । भारतीय टोली विरुद्ध भुटानी टोली निरीह नै बनेको थियो । पहिलो हाफमा ५ गोल खाएको भुटानले दोस्रो हाफमा भने दुई गोल मात्र खाना पुगेको थियो ।
आ-आफ्ना खेलमा जित निकालेका भारत र बंगलादेशको ३-३ अंक रहेको छ । नेपाल र भुटान अंकविहिन छन् ।
चार टोली सम्मिलित यस प्रतियोगिता राउण्ड रोबिन पद्धतिमा खेलाईने छ । प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । फाइनल फाल्गुन २७ का दिन हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]