2 years ago
March 8, 2024
एजेन्सी – घरेलु मैदानमा अल राइडसँग लज्जास्पद हार बेहोरेपछि साउदी प्रो लिगमा अल नासरको उपाधि होड न्युन बनेको छ ।अल नासर घरेलु मैदानमा अल राइडसँग ३–१ ले पराजित भएको हो ।
यस हारले अल नासर शीर्षस्थानको अल हिलालसँग ९ अंकले पछि परेको छ । अल हिलालले अझै एक खेल कम खेलेको छ ।
साउदी प्रो लिगमा यो सिजन अल नासरको यो चौथो हार हो ।
अल अवाल पार्क किङ साउद युनिभर्सिटी रियादमा बिहीबार राति भएको खेलमा पाहुना टोली अल राइडको जितमा करिम इल बेर्काअोइ, मोहम्मेद फाउजेर र अमिर सायुदले गोल गरे । अल नासरका एमन अहमेदले एक गोल फर्काए ।
करिम इल बेर्काअोइकाको गोलबाट अल नासर १८औं मिनेटमा पछि परेको थियो । तर, २४औं मिनेटमा एमन अहमेदले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि भने अल नासरको लागि खेल सुखद हुन सकेन ।
४६औं मिनेटमा मोहम्मेद फाउजेरले गोल गरेपछि अल नासर खेलमा १–२ ले पछि पर्यो । त्यसपछि ८७औं मिनेटमा अमिर सायुदले गोल गर्दै अल राइडलाई ३–१ को सहज जित दिलाए ।
यस जितले अल राइड २३ खेलबाट २३ अंक नै जोडेर १३औं स्थानमा छ । दोस्रो स्थानमा रहेको अल नासरको २३ खेलबाट ५३ अंक छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]