default_image

1 year ago

March 9, 2024

प्रिती र सविता नगदसहित सम्मानित

5634 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डरद्वय सविता राना मगर र प्रिती राईलाई आशिका फाउन्डेसनले शनिबार नगदसहित सम्मान गरेको छ।

साउदी अरेबियामा गत साता भएको वाफ च्याम्पियनसिपमा उच्च प्रर्दशन गरेकोमा फाउन्डेसनले सविता र प्रितीलाई समान ५० हजार रुपैयाँसहित सम्मान गरेको हो।‌

समूह चरण, सेमिफाइनल र फाइनलमा पहिलो रोजाईमा खेलेकी प्रितीले १ गोल गरेकी थिइन् । जोर्डन विरुद्धको फाइनलमा पहिलो रोजाईमा परेकी सविताले टोलीका लागि पहिलो गोल गरेकी थिइन्।

सोही फाइनल खेल्ने क्रममा घाइते भएकी प्रितीको घुँडाको यसै साता शल्यक्रिया भएको थियो। फाइनलको निर्धारित समयमा २-२ को बराबरी पछि पेनाल्टी सुटआउटमा जोर्डनले नेपाललाई ५-३ ले हराएको थियो।

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

Success

Thank you for your time.