2 years ago
March 10, 2024
अर्जुन कार्की,बागलुङ
बागलुङमा दोस्रो अर्ना जेसीज कप फुटबल प्रतियोगिता आईतबार सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन बागलुङ सुधार केन्द्र र जिल्ला फुटबल संघ म्याग्दी विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
उद्घाटन खेलमा विदेशी खेलाडी साम्बो ओस्कारको ह्याट्रिक मद्धतमा बागलुङ सुधार केन्द्रले चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब बागलुङलाई ५–० गोलअन्तरले पराजित गर्यो ।
दुई विदेशी खेलाडी सहित मैदान उत्रिएको बागलुङ सुधार केन्द्रको लागि खेलको अभिषेक राना र बेनम थकालीले समान १ गोल गरेका थिए । बागलुङ सुधार केन्द्रले मंगलबार गुठी युनाइटेडसंग खेल्नेछ ।
अर्को खेलमा जिल्ला फुटबल संघ म्याग्दीले लालदुर्गा फुटबल क्लबलाई ४–२ ले पराजित गरेको छ । म्याग्दीका सनम विकले २ , विपुल कार्की र मनिष श्रेष्ठ समान १ गोल गरे । लाल दुर्गाका अनिश तामाङ र लाक्पा तामाङले गोल गरे।
म्याग्दीले मंगलबार हुने खेलमा साविक विजेता श्रीमेयर गणको सामना गर्ने छ । प्रतियोगिताको दोस्रो दिन सोमबार मुलपानी फुटबल क्लब र रुद्रेपिपल युथ क्लब तथा संकल्प पुर्नस्थापना केन्द्र र आदर्श स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
चैत २ गतेसम्म संचालन हुने प्रतियोगितामा साविक विजेता धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका १२ वटा टोलीको सहभागिता छ।
प्रतियोगिताको विजेता १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो टोलीले ७५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ। यस्तै सेमिफाइनल पुग्ने टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष गणेश महतोले जानकारी दिए । प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]