default_image

2 years ago

March 13, 2024

बार्सिलोना ४ वर्ष पछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

2192 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना ४ वर्ष पछि युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इटालियन टोली नापोलीलाई‌ मंगलबार दोस्रो लेगमा ३-१ हराएपछि समग्रमा ४-२ को औसतमा जित निकाल्दै बार्सिलोना अन्तिम ८ मा पुगेको हो।

नापोलीको घरेलु मैदानमा भएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले राम्रो सुरुवात गर्यो ।

१५औं मिनेटमा राफिन्हाको क्रसमा फर्मिन लोपेजले बक्स भित्रबाट गोल गर्दै खेलमा बार्सिलोनाका लागि अग्रता दिलाएका थिए । त्यसको २ मिनेट लगत्तै राफिन्हाको प्रहार पोस्टमा लागेर फर्किएपछि जोआओ क्यान्सेलोले रिबाउन्डमा गोल गर्दै अग्रता दोब्बर गराए ।

३०औं मिनेटमा नापोलीले गोल फर्कायो । मटेयो पोलिटानोको पासमा डिफेन्डर अमिर रहमानीले गोल गर्दै नापोलीका खेलमा फर्काएका हुन् । तर ८४औं मिनेटमा सर्जी रोबर्टोको पासमा स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको जित निश्चित गरे ।

सन् २०२० मा बायर्न म्युनिखसँग ८-२ ले र २०२१ मा पिएसजीसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको बार्सिलोना २०२२ र २०२३ मा समूह चरणबाट युरोपा लिगमा घटुवा भएको थियो । च्याम्पियन्स लिगको क्वाटफाइनल ड्र शुक्रबार हुनेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.