2 years ago
March 13, 2024
अर्जुन कार्की, बागलुङ
दोस्रो ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । रुद्रेपिपल युवा क्लब र आदर्श स्पोर्टस् क्लबले बुधबार जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । बागलुङ सुधार केन्द्र र श्रीमेहर गण यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।
बुधबार क्वारटफाइनलमा रुद्रेपिपलले बुद्धचित्त फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले हराएको थिया । निर्धारित ८० मिनेटको खेल १–१ गोलको बराबरीपछि खेल पेनाल्टी सुट आउटमा भएको थियो ।
खेलको १४ औं मिनेटमा अभिषेक गुरुङको गोलमा रुद्रेपिपलले अग्रता लिएको थियो । बुद्धचित्तका आशिष रोका मगरले इन्ज्युरी समयमा गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याए ।
पेनाल्टी सुटआउटमा रुद्रेपिपलका अर्जुन मगर, अमृत कुँवर, मनिष क्षेत्री र भिषण गुरुङले गोल गरेपनि रोशन लामिछानेको प्रहार बाहिरिएको थियो ।
बुद्धचित्तका कमल थिंग, आशिष राना मगर र कोपिल छन्त्यालले गोल गरे । फिराज घिमिरे र अंकित गुरुङको बल रुद्रेपिपलका गोलरक्षक सन्दिप क्षेत्रीले रोकेका थिए ।
अन्तिम क्वाटरफाइनल खेलमा आदर्श स्पोर्टस् क्लबले धवलागिरी बहुमुखी क्याम्पसलाई ५–० ले हरायो । पाँचौं मिनेटमा विदेशी खेलाडी फिलिप्स भिक्टरले गोल गर्दै आदर्शलाई अग्रता दिलाएका थिए ।
आदर्शको लागि खेलको १० औं मिनेटममा रिजन पुन र २० औं मिनेटमा सुरेन्द्र गुरुङले गोल गर्दै पहिलो हाफमा ३–० को अग्रता दिलाए । भिक्टरले खेलको ४५ औं मिनेटमा व्यक्तिगत दोस्रो र युवराज ढकालले ६७ औं मिनेटमा गोल गरेका थिए ।
बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगितामा बिहिबार सेमिफाइनल खेल हुने । पहिलो खेल बागलुङ सुधार र रुद्रेपिपल तथा दोस्रो खेल श्रीमेहर गण र आदर्श स्पोर्टस्बीच हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]