default_image

2 years ago

March 16, 2024

सावित्रा सुरुवाती रोजाइमा खेल्दै

8680 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजन लिगमा पहिलो पटक सुरुवाती रोजाइमा खेल्ने भएकी छिन् ।

एन अभान्ट ग्वेंगाम्पबाट पेरिस फुटबल क्लबविरुद्ध खेलमा उनले सुरुवाती रोजाइमा खेल्दैछिन् । खेल साँझ ६:४५ मा सुरु हुँदैछ । चेक गणतन्त्रकी एन्टोइन स्टारोभा बेन्चमा रहँदा साम्बाले भने पहिलो रोजाइमा अवसर पाएकी छिन् ।

पेरिस एफसी ३४ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा छ । ग्वेंगाम्प १६ खेलमा १५ अंकसहित नवौं स्थानमा छ ।

पछिल्लो खेलमा लिलविरुद्ध गोल गरेकी उनले आजको खेलमा भने सुरुवाती रोजाइमा खेल्दैछिन् । उनले यसअघि तीन खेलमा भने बेन्चबाट मैदान प्रवेश गरेकी थिइन् ।

सावित्राले गत महिना वाफ च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता बन्दै नेपालको लागि अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल समेत पुरा गरेकी थिइन् । उनले वाफको फाइनल गुमाएपनि शीर्ष लिगमा भने गोलको खाता खोलिन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.