2 years ago
March 16, 2024
सुशिल पन्त क्षेत्री ,चितवन
विभागिय टोली एपिएफ भण्डाराविरुद्ध फराकिलो जित निकाल्दै गैंडाकोट एफसी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार अन्तिम क्वाटरफाइनल खेलमा गैंडाकोटले एपिएफलाई ७-० ले हरायो। गैंडाकोटका लागि ग्लोरीले ह्याट्रिक गरे । राजेश पुन, दीपेश आले, विवश नेपाली र एन्जल महर्जनले समान १ गोल गरे ।
पहिलो मिनेटमा नै एपिएफका गोलकिपर विशाल गुरुङको गल्तीमा ग्लोरीले गोल गर्दै गैंडाकोटलाई अग्रता दिलाए । पाचौं मिनेटमा र १७ औं मिनेटमा गोल गर्दै ग्लोरीले ह्याट्रिक गरे । जारी प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो । पहिलो हाफको इन्ज्युरी समयमा राजेशले गोल गरेपछि गैंडाकोटले ४-० को अग्रता लियो ।
५८ औं मिनेटमा दीपेशले गैंडाकोटका लागि पाचौं गोल गरे । ६४ औं मिनेटमा विवशले छैटौं गोल गरे । इन्ज्युरी
समयमा एन्जलले गोल गरेपछि गैंडाकोट ७-० ले विजयी भयो । ह्याट्रिक गरेका गैंडाकोटका ग्लोरी म्यान अफ दि म्याच भए ।

यो प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । चैत ६ गते मंगलबारबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुनेछ । पहिलो सेमिफाइनल ६ गते सेन्ट्रल कलेज २८ बिगाले घैरुङ एफसीको सामना गर्नेछ । दोस्रो सेमिफाइनल बुधबार आबुखैरहनी गाउँपालिका र गैंडाकोटबीच हुनेछ ।
चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता चैत १० गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ३ लाख ३ हजार र दोस्रोले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]