default_image

1 year ago

March 17, 2024

डोमालाल राजवंशी रंगशालामा खेलकुदबाहेकका गतिविधिमा रोक

606 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड
झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा खेलकुद गतिविधिबाहेक अन्य कुनै पनि कार्यक्रम गर्न निषेध गरिएको छ ।

आज बिर्तामोड नगर खेलकुद विकास समितिको बैठकले हाल घेराबारा गरिएको स्थान र खेलमैदानभित्र खेलकुदबाहेकका गतिविधि गर्न निषेध गरेको हो ।

समितिले खेलकुदबाहेकका कार्यक्रमका लागि रंगशालापछाडिको मैदान प्रयोग गर्न दिने निर्णय गरेको समितिका अध्यक्ष विकास गिरीले झापा टुडेलाई जानकारी दिए ।

हाल देवी गुठीको मातहतमा रहेको रंगशाला भएको जग्गा केही व्यापारीले व्यक्तिगत समेत बनाएका छन् । तर, उनीहरुले भोगचलन गर्न भने सकेका छैनन् ।

सोही जग्गामा २०७२ सालदेखि स्थानीय सामाजिक व्यक्तित्व जलकुमार गुरुङको अगुवाई खेलमैदानको संरक्षण हुँदै आएको छ । साथै, सोही वर्षदेखि झापा गोल्ड कप सञ्चालन हुँदै आएको छ ।

खेलमैदानको जथाभावी प्रयोग हुँदा तथा संरक्षण नहुँदा मैदान मर्मतका लागि प्रत्येक वर्ष गोल्ड कपको समयमा १० लाख रुपैयाँभन्दा बढी खर्च हुँदै आएको छ ।

April 23, 2025

एपिएफ लुम्बिनी कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज रौतहट फुटबल संघको टोलीलाई ३-० ले‌ हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो। एपिएफले‌ अन्तिम १७ मिनेटमा गोल गर्दै फाइनलमा यात्रा तय गरेको हो। टोलीका लागि अनिता केसी, निशा […]

April 23, 2025

पोखरा पहिलो पटक एनएसएल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्टेफन समिर बिनोङको निर्णायक गोलमा दश जनामा समेटिएको पोखरा थन्डर्सले धनगढी एफसीलाई १-० ले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको छ । बिनोङले इन्जुरी समयमा गरेको गोलले पोखरालाई पहिलो पटक फाइनलमा पुर्यायो। अब उपाधिको लागि धनगढीले ललितपुर सिटी एफसीको सामना गर्नेछ । लगातारको दुई पटकको फाइनलिष्ट धनगढी भने यो पटक प्ले […]

April 23, 2025

धनगढी र पोखराको पहिलो बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा अहिले दुई पटकको फाइनलिष्ट धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल जारी छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। फाइनल पुग्ने दुवै टोलीको लागि यो अन्तिम मौका हो। तर दुवै टोलीले पहिलो हाफमा उत्साहजनक प्रदर्शन गर्न सकेनन्। दुवै टोलीले गोल गर्ने गतिलो मुभ बनाउन सकेनन्। […]

Success

Thank you for your time.