default_image

2 years ago

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

270 views

0 Bookmark

हिमाल खरेल , मेचीनगर

बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो ।

जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका लागि रिक्की प्रधान र श्याम मुर्मूले १–१ गोल गरेका थिए ।

खेलको १७ औँ मिनेटमा पहिलो गोल गर्दै बाहुनडाँगीका कप्तान समेत रहेका रिक्की प्रधानले टिमलाई अग्रता दिलाएका थिए । खेलको २९ औँ मिनेटमा दोस्रो गोल गर्दै श्याम मुर्मूले अग्रता दोब्बर बनाए ।

खेलमा कचनकवलले गोल गर्नका लागि विभिन्न अवसर बनाए पनि गोल भने गर्न सकेन । खेलको प्लेयर अफ द म्याच बाहुनडाँगीका रिक्की प्रधान भए । उनले ट्रफी र १ हजार ५ सय रुपैयाँ पाए ।

प्रतियोगिता अनुसार भोलीको खेल सनिश्चरे फुटबल क्लब भर्सेस रोलिङ क्लब धुलाबारी बीच हुनेछ । आजबाट शुरु भएको प्रतियोगिता २२ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख एक हजार र उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल चैत २२ गते हुने आयोजक बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँले बताए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.