2 years ago
March 28, 2024
हिमाल खरेल , मेचीनगर
बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो ।
जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका लागि रिक्की प्रधान र श्याम मुर्मूले १–१ गोल गरेका थिए ।
खेलको १७ औँ मिनेटमा पहिलो गोल गर्दै बाहुनडाँगीका कप्तान समेत रहेका रिक्की प्रधानले टिमलाई अग्रता दिलाएका थिए । खेलको २९ औँ मिनेटमा दोस्रो गोल गर्दै श्याम मुर्मूले अग्रता दोब्बर बनाए ।
खेलमा कचनकवलले गोल गर्नका लागि विभिन्न अवसर बनाए पनि गोल भने गर्न सकेन । खेलको प्लेयर अफ द म्याच बाहुनडाँगीका रिक्की प्रधान भए । उनले ट्रफी र १ हजार ५ सय रुपैयाँ पाए ।
प्रतियोगिता अनुसार भोलीको खेल सनिश्चरे फुटबल क्लब भर्सेस रोलिङ क्लब धुलाबारी बीच हुनेछ । आजबाट शुरु भएको प्रतियोगिता २२ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख एक हजार र उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल चैत २२ गते हुने आयोजक बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँले बताए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]