2 years ago
March 30, 2024
विराटनगर (हाम्रो खेलकुद) – भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रिला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३–२ गोलले हराउँदै सांग्रिला अन्तिम चारको स्थान सुरक्षित गरेको हो । सांग्रिलाका लागि आशिष चापागाई, सुशिल राई र विदेशी खेलाडी स्याङले गोल गरे । आरटिएफसीका लागि दुवै गोल सोरव दोर्जेले गरे ।
फिनिसिङ कमजोर हुँदा आरटिएफसीले पटक पटक पाएको गोल गर्ने अवसर खेर फालेको थियो । थिम्पुका प्रशिक्षक उगेन दोर्जेलेले पाएको अवसर चुकाउँदा नतिजा आफ्नो पक्षमा पार्न नसकेको बताए ।
सांग्रिलाका प्रशिक्षक रानु राना मगरले खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेको कारणले सेमिफाइनमा पुगेको बताए । प्रतियोगितामा आइतबार एनआरटी र सिकिम डे«गान भारतबीच हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]