default_image

2 years ago

March 31, 2024

जीतपुरसिमरा गोल्डकपमा १० टोलीको सहभागिता रहने

2069 views

0 Bookmark

सुनिल गाउँले, सिमरा

जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण यसै साता सुरु हुने भएको छ । आयोजक नवजनजागृती युवा क्लबले आइतबार सिमरामा पत्रकार सम्मेलन गर्दै शनिबार प्रतियोगिता सुरु हुने जानकारी दिएको हो ।

सिमरा रङ्गशालाको फ्लड लाइटमा वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा साविक विजेता चर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ‘ए’ डिभिजनका ५ टोलीो सहभागिता रहनेछ ।

त्यस्तै एपिएफ, मकवानपुर ११ हेटौंडा, वीरगञ्ज युनाईटेड क्लब बीरगञ्ज, सिराहाको सहलेश युवा क्लब र आयोजक नवजनजागृती युवा क्लब गरि १० टोलीले प्रतियोगितामा चुनौती पेश गर्ने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले टोलीले १० लाख दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार तथा स्थानीय उदयमान खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रत्येक खेलका म्यान अफ दि म्याचले रु. १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष लामाले जानकारी दिए ।
रात्रीकालीन फुटबलमा दर्शकको आकर्षण बढाउन गत बर्षबाट फुड फेस्टिभल समेत शुरु गरेको आयोजकले यस बर्षपनि होटल तथा पर्यटन व्यवसायी संघ बारासंगको सहकार्यमा फुटलब संगै फुड फेस्टिभललाई निरन्तरता दिने जनाएको छ ।

जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि आरक्षण सिट सहित निशुल्क प्रवेश तथा विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.