default_image

2 years ago

March 31, 2024

सिक्किम ड्रागन विराट गोल्डकपको सेमिफाइनलमा

1140 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)-  सिक्किम ड्रागन आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा आइतबार ए डिभिजन टोली एनआरटीलाई थप समयमा २-१ ले पराजित गर्दै सिक्किम अन्तिम चारमा पुगेको हो। आर्दश तामाङले थप समयको अन्त्यतिर गोल गर्दै सिक्किमलाई जित दिलाए थिए।

निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। खेलमा लिएको अग्रतालाई एनआरटीले जोगाउन सकेन।
एनआरटीका अफिज ओलावालेले ४० औं मिनेटमा निकालेको पास शिशीर लेखीले गोल गर्दै टोलीलसई अघि बढाएका थिए ।

सिक्किम दोस्रो हाफबाट आक्रमक बन्यो र ५९ औ मिनेटमा खेल बराबरी गर्न सफल रह्यो। सिक्किमका ह्यारिसनले गोल गरेका थिए। लाक्पा शेर्पाले मैदानको मध्यभागबाट निकालेको पासलाई ह्यारिसनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए।

थप ३० मिनेटको २९ औं मिनेटमा आर्दशले गोल गरेपछि त्यहि गोल नै खेलको निर्णायक बनेको थियो।
सिक्किमका जसमान गुरुङलाई एनआरटीका खेलाडीले फाउल खेलेपछि रेफ्री श्रवण लामाले फ्रिकिक दिएका थिए । त्यहि फ्रिकिकमा आर्दशले गोल गरेका थिए । आर्दश प्लेयर अफ द म्याच घोषित भए र ११ हजार रुपैयाँ पाए ।

एनआरटीको प्रशिक्षक जीवन सिङकेमनले खेलाडीहरुबीच आन्तरिक तालमेल नमिलेको कारण पराजय भोग्नु परेको बताए । ‘आइतबार दुई जना खेलाडी काठमाण्डौ जानुपर्ने बाध्यता पनि भयो । दुई खेलाडी नभएको कारणले पनि हार भयो,’ उनले भने ।

सिक्किमका प्रशिक्षक कुन्जन भुटियाले खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेकाले जित सम्भाव भएको बताए ।
प्रतियोगितामा सोमबारको खेल इटहरी गोल्डकपको विजेता चर्च व्वाईज युनाइटेड र एपिएफ फुटबल क्लबबीच हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.