12 months ago
April 1, 2024
एजेन्सी – रोड्रिगोको २ गोलमा शीर्षस्थानको रियल मड्रिडले स्पानिस ला लिगामा आइतबार एथ्लेटिक क्लबलाई २-० ले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा रोड्रिगोले दुवै हाफमा गोल गरे । ब्राहिम डियाजको पासमा रोड्रिगोले आठौं मिनेटमा पहिलो गोल गरेका थिए ।
७३औं मिनेटमा उनले अर्को गोल गरेका थिए। जुड बेलिङघहमको पासमा त्यो गोल गरेका हुन्।
रियलको ३० खेलबाट ७५ अंक पुगेको छ । दोस्रो स्थानको बार्सिलोनाको ६७ अंक छ । एथ्लेटिक ५६ अंकसहित चौथो स्थानमा छ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]