default_image

10 years ago

September 24, 2015

सन्तोषको ह्याट्रिकले थ्रि स्टार विजयी

206 views

0 Bookmark

मोरङ, असोज ७

एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै थ्रि स्टारले जारी रेडबुल राष्ट्रिय लिगमा मोरङ फुटबल क्लबलाई ४-१ले पराजित गरेको छ|

Three Star vs Morang

मोरङको लक्ष्मीनगर रंगशालामा भएको खेलमा मोरङले पहिलो गोल गर्यो| मोरङ्का लागि २८औं मिनेटमा स्ट्राइकर टेक बहादुर लिम्बुले अग्रता दिलाएका थिए| खेलभर आक्रमक रुपमा उत्रिएको थ्रि स्टारले हाफ टाइम नजिकिंदै गर्दा बराबरी गोल फर्काउन सफल भयो| ललितपुरे क्लबका लागि विदेशी खेलाडी ओलावाले आफिजले पहिलो हाफको अतिरिक्त समयको दोश्रो मिनेटमा गोल गरेर खेल १-१को बराबरीमा ल्याएका थिए|

दोश्रो हाफ सुरुभएसंगै थ्रि स्टारको अट्याक पनि बढ्दो थियो| यसैक्रममा ७७औं मिनेटमा सन्तोष साहुखलले गोल गर्दै टिमलाई अग्रता दिलाए| खेलको अन्तिम समयतिर दुई गोल थप्दै साहुखलले ह्याट्रिक पुरा गरे| यससंगै उनले घरेलु लिगमा १०० गोलको कोशेढुंगा पार गरेका छन्| मोरङ विरुद्ध उनले गरेको गोल १००औं थियो भने ९०+४औं मिनेटको १०१औं|

यस जितसंगै थ्रि स्टार अंक तालिकाको शिर्ष स्थानमा पुग्न सफल भएको छ|

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.