2 years ago
April 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै हानामी भरतपुर फुटबल क्लबले प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि जितेको छ ।
कपिलवस्तुस्थित बुद्ध रंगशालामा शनिबार भएको फाइनलको निर्धारित समय १-१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा भरतपुरले जित हासिल गरेको हो । उपाधिसँगै विजेता टोलीले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पायो । पुलिसले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो ।
सुजित भण्डारीले चौथो मिनेटमा पेनाल्टीमार्फत भरतपुरलाई अग्रता दिलाएपनि अनुप लिम्बुले ४५ औं मिनेटमा पुलिसका लागि बराबरी गोल फर्काए ।
टाइब्रेकरमा भरतपुरका राम शाही, सुजित बुढाथोकी, सगर लामा र आशिष सुनामले गोल गर्दा मनिष तामाङ चुके । पुलिसका शिशिर चौधरी, विवेक पाण्डे र अनुप लिम्बुले गोल गर्दा पृथ्वी चौधरी र हेम तामाङले गोल गर्न सकेनन् ।
भरतपुरका सुजित बुढाथोकी सर्वोत्कृष्ट खेलाडी बन्दा भविन्द्र मल्ल उत्कृष्ट गोलरक्षक, अमृत श्रेष्ठ उत्कृष्ट डिफेन्डर तथा ध्रुव भुषाल उत्कृष्ट प्रशिक्षक चुनिए । पुलिसका पृथ्वी चौधरी उत्कृष्ट मिडफिल्ड र विवेक पाण्डे उत्कृष्ट फरवार्ड भए ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]