default_image

2 years ago

April 7, 2024

पुल्चोक र समाज कल्याणको जित

482 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्ट्स क्लब र समाज कल्याण खेलकुद केन्द्र क्लबले सहिद स्मारक ‘सि’ डिभिजन लिगमा विजयी सुरुवात गरेका छन् ।

दिनको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले सामाजिक युथ क्लब विरुद्ध ३-० को जित निकाल्यो । पुल्चोकको जितमा सुमन श्रेष्ठ, सौरब लो तामाङ र सागर थिङले एक-एक गोल गरे ।

यस्तै दिनको दोस्रो खेलमा समाज कल्याणले मनोहरा युनाइटेड माथि ५-० लो फराकिलो जित हात पार्यो । समाज कल्याणका लागि रोशन क्षेत्रीले ह्याट्रिक पुरा गरे । यस्तै निरज परियार र संजीव अर्यालले एक-एक गोल गरे ।

सि डिभिजनमा सोमबार दुई खेल हुँदै छन् । दिनको १ बजे हुने पहिलो खेलमा नवप्रवेशी गोलबजार स्पोर्ट्स क्लब र स्वयम्भू क्लब भिड्ने छन् भने दिनको दोस्रो खेलमा ४:१५ बजे झम्सिखेल युथ क्लब र स्पोर्ट्स एकेडेमी साँगा भिड्ने छन् ।

सिंगल राउण्ड रोबिन ढाँचामा खेलाईने लिग विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । दोस्रो हुने टोलीले ७ र तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउने छ । यस्तै उत्कृष्ट खेलाडीको ५०,००० रुपैयाँ पाउने छन् भने उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३५,००० रुपैयाँ पाउने छन् ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.