2 years ago
April 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्ट्स क्लब र समाज कल्याण खेलकुद केन्द्र क्लबले सहिद स्मारक ‘सि’ डिभिजन लिगमा विजयी सुरुवात गरेका छन् ।
दिनको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले सामाजिक युथ क्लब विरुद्ध ३-० को जित निकाल्यो । पुल्चोकको जितमा सुमन श्रेष्ठ, सौरब लो तामाङ र सागर थिङले एक-एक गोल गरे ।
यस्तै दिनको दोस्रो खेलमा समाज कल्याणले मनोहरा युनाइटेड माथि ५-० लो फराकिलो जित हात पार्यो । समाज कल्याणका लागि रोशन क्षेत्रीले ह्याट्रिक पुरा गरे । यस्तै निरज परियार र संजीव अर्यालले एक-एक गोल गरे ।
सि डिभिजनमा सोमबार दुई खेल हुँदै छन् । दिनको १ बजे हुने पहिलो खेलमा नवप्रवेशी गोलबजार स्पोर्ट्स क्लब र स्वयम्भू क्लब भिड्ने छन् भने दिनको दोस्रो खेलमा ४:१५ बजे झम्सिखेल युथ क्लब र स्पोर्ट्स एकेडेमी साँगा भिड्ने छन् ।
सिंगल राउण्ड रोबिन ढाँचामा खेलाईने लिग विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । दोस्रो हुने टोलीले ७ र तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउने छ । यस्तै उत्कृष्ट खेलाडीको ५०,००० रुपैयाँ पाउने छन् भने उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३५,००० रुपैयाँ पाउने छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]