2 years ago
April 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमीले जारी सहिद स्मारक सि डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । आरसी ३२ ले बुधबार भएको एकमात्र खेलमा बागमती युथ क्लब माथि ३-० को सहज जित दर्ता गरेको हो ।
आरसी ३२ का लागि विवेक सन्तोषीले दुई गोल तथा बबिन बोहोराले एक-एक गोल गरे ।
जित सँगै आरसी ३२ को २ खेलमा ६ अंक भएको छ । बागमतीको भने २ खेलमा ३ अंक रहेको छ ।
सि डिभिजन लिगमा भोलि बिहीबार दुई खेल हुँदै छन् । भोलि हुने दिनको पहिलो खेलमा १ बजे महावीर क्लब र खालिबारी युथ क्लब भिड्ने छन् भने दिनको दोस्रो खेलमा ४:१५ बजे सामाजिक युथ क्लब र सानेपा क्लब भिड्ने छन् ।
सिंगल राउण्ड रोबिन ढाँचामा खेलाईने लिग विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । दोस्रो हुने टोलीले ७ र तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउने छ । यस्तै उत्कृष्ट खेलाडीको ५०,००० रुपैयाँ पाउने छन् भने उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३५,००० रुपैयाँ पाउने छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]