2 years ago
April 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बिहीबार सम्पन्न दुवै खेल बराबरीमा सकिएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा खालिबारि युथ क्लब र महावीर क्लबले गोलरहित बराबरी खेलेका छन् । बराबरी सँगै खालीबारिले दोस्रो खेलमा पहिलो अंक हासिल गरेको छ । महावीरको भने यो दुई खेलमा दोस्रो बराबरी हो ।
यस्तै दिनको दोस्रो खेलमा सामाजिक युथ क्लब र सानेपा क्लबले १-१ को बराबरी खेलेका छन् । सम्भ्रान्त डंगोलले सानेपा क्लब्लाई नवौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
तर सामाजिक युथ क्लबले ४४औं मिनेटमा योगेश श्रेष्ठको पेनाल्टी मार्फत खेलमा बराबरी गरेको थियो ।
सामाजिक युथ क्लबले र सानेपा क्लब दुवैले समेत यस सिजन पहिलो अंक हासिल गरेका छन् ।
सि डिभिजनमा भोलि दुई खेल हुने छन् । दिनको १ बजे हुने खेलमा समाज कल्याण स्पोर्ट्स सेन्टर र रानीवन स्पोर्ट्स क्लब भिड्ने छन् भने ४:१५ बजे हुने खेलमा स्वयम्भू क्लब र पुल्चोक स्पोर्ट्स क्लब भिड्ने छन् ।
सिंगल राउण्ड रोबिन ढाँचामा खेलाईने लिग विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । दोस्रो हुने टोलीले ७ र तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउने छ । यस्तै उत्कृष्ट खेलाडीको ५०,००० रुपैयाँ पाउने छन् भने उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३५,००० रुपैयाँ पाउने छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]