default_image

9 years ago

February 1, 2017

झापाको सेमिफाइनल यात्रामा मार्टिनको दुई गोल

173 views

0 Bookmark

दिपक बोहोरा
झापा – आयोजक झापा ११ दोश्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडको डोमलाल रंगशालामा बुधबार सुदूर पश्चिम स्र्पोटस क्लबलाई ४–० ले हराउँदै प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

jhapa-11
झापाको जितमा अजयी मार्टिन कयोडे ले दुई गोल गरे भने अर्को गोल बुद्ध चेम्जोङले गरेका थिए । अर्को गोल आत्मघाती भएको थियो । मार्टिनले ३० औं मिनेटको पहिलो गोलमा नरेन लिम्बुको पासलाई सदुपयोग गरेका थिए । दोस्रो हाफको पहिलो मिनेटमा बुद्धले गोल गरेका थिए । बुद्धले गोल गरेको एक मिनेट वित्न नपाउँदै राकेश हमालले आत्मघाती गोल गरे । मार्टिनको प्रहारलाई रोक्ने क्रममा राकेशले आफ्नै पोस्टमा आत्मघाती गोल गरेका हुन् ।

मार्टिनले खेल सकिन ६ मिनेटअघि अर्को गोल गरेका थिए । त्यो गोलमा दिलेन लोक्तानको  पास थियो । त्यसअघि दोस्रो हाफको पहिलो मिनेटमा बुद्धले गोल गरेका थिए । मार्टिन खेलेको म्यान अफ दी म्याच घोषित भएर उनले ७ हजार रुपैयाँ प्राप्त गरे ।
पहिलो खेलमा शेर क्लब कालेम्पुङ भारत माथि ५–० को सहज जितका साथ झापा अन्तिम आठमा पुगेको थियो । सुदुर पश्चिमले सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको थियो । झापाले अघिल्लो महिना काँकरभिट्टा गोल्डकप जितेको थियो ।

झापा गोल्ड कपमा बिहीबारको क्वार्टरफाइनल
मनाङविरुद्ध एनआरटी

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.