2 years ago
April 23, 2024
एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ ।
मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको हो ।
अब सिरी ‘ए’ मा पाँच राउन्डको खेल बाँकी रहँदा शीर्षस्थानमा रहेको इन्टरले दोस्रो स्थानको एसी मिलानलाई १७ अंकले पछि पारेको छ । इन्टरले बाँकी सबै खेलमा हार र मिलानले सबै खेलमा जित निकालेपनि समिकरण बदलिने छैन ।
इन्टरलाई पाँच खेल अगावै च्याम्पियन बनाउन फ्रान्सिस्को एसर्वी र मार्कस थुरामले गोल गरे । मिलानका फिकायो तोमारीले एक गोल फर्काए ।

खेलको १८औं मिनेटमा बेन्जामिन पाभार्डको पासमा एसर्वीले हेडरमार्फत गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए । ४९औं मिनेटमा मार्कस थुरामले गोल गरेपछि इन्टर खेलमा २–० ले अघि बढ्यो । ८०औं मिनेटमा फिकायो तोमारीले गोल गर्दे खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा इन्टरले सफलता हात पार्यो ।
इन्ज्युरी समयमा रातो कार्डको वर्षा भयो । मिलानका थियो हर्नान्डेज र डेभिड क्यालाब्रिया तथा इन्टरका डेन्जेल डम्फ्रिजले रतो कार्ड पाए । थियो र डेन्जेल एक आपसमा झगडामा उत्रिएको अवस्थामा रातो कार्ड पाउँदा मिलान कप्तान डेभिड क्यालाव्रिया पनि त्यसमै मुछिदा रातो कार्डको भागिदार बने ।
इन्टरका खेलाडी र अफिसियलहरु रेफ्रीको अन्तिम ह्वीसिलसँगै च्याम्पियनको खुशीयालीमा मैदानमा दौडिएर उत्सव मनाए ।मिलान डर्बीको ११६ वर्षको इतिहासमा इन्टरले सिरी ए उपाधि जितेको यो पहिलो पटक हो ।
च्याम्पियन बनेसँगै इन्टर मिलानको २०औं उपाधि जित्दा मिलानलाई पछि पारेको छ । मिलानले १९ पटक उपाधि जितेको छ । युभेन्ट्सले कीर्तिमानी ३६ पटक उपाधि जितेको छ ।
सन् २०१ पछि इन्टरको यो दोस्रो उपाधि हो । यसअघि इन्टरले सन् २०२१ मा एन्टोनियो कोन्टेको नेतृत्वमा उपाधि जितेको थियो । यो सिजन उच्च लयमा रहेको इन्टरले ३३ खेलमा २७ जित, ५ बराबरी र १ हारको नतिजा निकालेको छ ।
इन्टर गत सेप्टेम्वरमा ससुलोसँग घरेलु मैदानमै २–१ ले पराजित भएको थियो । इन्टरले सिरी ‘ए’ मा ७९ गोल गर्दा केवल १८ गोल बेहोरेको छ । यस्तै इन्टरले पछिल्ला ६ डर्बी जितेर मिलानको सन् १९११–१९१३ र १९४६–१९४८ सम्मको कीर्तिमान बराबरी गरेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]